चमैता । दोश्रो संस्करणको देउमाई कप आजबाट सुरु हुँदैछ । देउमाई फुटबल क्लब (डिफएसी) को आयोजनामा देउमाई नगरपालिका–१ धप्पटारमा संचालन हुने प्रतियोगिताको उद्धघाटन खेलमा यलम्बर एफसी र हेन्सीस्टार भिड्दैछन् । आज नै दोश्रो खेलमा बागसिला एफसी र चिम्फुला चाम्स भिड्दैछन् ।
प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ६ टिमलाई सहभागि छन् । पुरुष तर्फको बिजेताले ५६ हजार ६ सय ६६ र उपविजेताले ३४ हजार ४ सय ४४ रुपैया प्राप्त गर्नेछ । विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, डिफेन्स, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र उदियमान खेलाडीलाई आर्कषक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
महिला तर्फ बिजेताले २५ हजार ५ सय ५५ र उपविजेताले १२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई नगद ५ सय र ट्रफी प्रदान गरिनेछ । खेल सेभेन ए साइडमा संचालन हुनेछ ।
प्रतियोगितामा सहभागित खेलाडी र रेफ्रीहरुको १ लाख रुपैयाको बिमा गरिएको क्लबका अध्यक्ष सुनिल राईले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुनेछ । पहिलो संस्करणमा पुरुष तर्फ आयोजक ए ले आयोजक बी र महिला तर्फ युनाइटेड देउमाई एफसीले सुकेपोखरीलाई हराउँदै उपाधि जितेका थिए ।