Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुरेमैत्री कृषि पद्धति र पर्यटनको अवधारणा पत्र पुर्व सभामुखलार्इ हस्तान्तरण

चुरेमैत्री कृषि पद्धति र पर्यटनको अवधारणा पत्र पुर्व सभामुखलार्इ हस्तान्तरण

  • सन्देश सम्बाददाता
  • मंगलबार, साउन २९ २०७५


चुरेमैत्री कृषि पद्धति र पर्यटनको अवधारणा पत्र पुर्व सभामुखलार्इ हस्तान्तरण

इलाम । इलाम जिल्लामा रहेको चुरे क्षेत्रको संरक्षणका लागि चुरेमैत्री कृषि पद्धति र चुरे पर्यटन सम्बन्धि अवधारणा पत्र निर्माण भएको छ । बहुमुल्य सालको वन रहेको इलामको चुरे क्षेत्रको संरक्षणका लागि र पर्यटन प्रवद्र्धनका लागि अवधारण पत्र निर्माण भएको हो ।
अतिक्रमणको चपेटामा परेको चुरे क्षेत्र संरक्षणको पहलका लागि पुर्व सभामुख तथा इलाम क्षेत्र नम्बर २ संघीय संसद सुवासचन्द्र नेम्बाङसँगै चुरे संरक्षण तथा अनुसन्धान केन्द्रले अवधारण पत्र हस्तान्तरण गरिएको छ ।
चुरेमैत्री कृषि पद्धति र चुरे पर्यटन प्रवद्र्धनका लागि सम्बन्धि अवधारणा पत्र
चुरे संरक्षण तथा अनुसन्धान केन्द्र इलामका अध्यक्ष नन्दकुमार नेम्बाङले अवधारण पत्र हस्तान्तरण गरेका हुन् । चुरे पहाडी क्षेत्रलाई पर्यटन सँग जोड्न र चुरे क्षेत्रमा बसोबास गर्ने जनताको आयआर्जन बढाएर आर्थिक समृद्धि गराउने उद्देश्य सहितको प्रस्तावना पूर्व सभामुख नेम्बाङ्गलाई हस्तान्तरण गरिएको हो ।
अवधारणा पत्र बुझ्दै पुर्व सभामुख नेम्बाङ्गले आधा जनसंख्या चुरे प्रभावित क्षेत्रमा बसोबास गर्दे आएकाले चुरे संरक्षण र पर्यटन प्रवद्र्धनका लागि आफ्नो ठाउँबाट सक्दो सहयोग र पहल गर्ने प्रतिवद्धता जनाउनुभएको चुरे संरक्षण तथा अनुसन्धान केन्द्रका अध्यक्ष नन्दकुमार नेम्बाङ्गले बताउनुभयो ।
पुर्व सभामुख सुवासचन्द्र नेम्बाङसँग अवधारणा पत्र बुझाउन चुरे संरक्षण तथा अनुसन्धान केन्द्रका अध्यक्ष नन्दकुमार नेम्वाङ, उपाध्यक्ष दिलबहादुर सुब्बा, सदस्य देउबहादुर नेम्बाङ र आजीवन सदस्यहरु रामबहादुर तामाङ र गजेन्द्र नेम्बाङ सहभागी हुनुभएको थियो । इलामको १० वटा क्लष्टर मध्ये ६ वटा क्लष्टरमा चुरे क्षेत्र रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार