इलाम । रवि क्याम्पसका कोष तथा लेखा परिचालन समितिकाले आगामी क्याम्पस अधिवेशनअघि नै आ।व। २०८१र८२ को वार्षिक प्रगति प्रतिवेदन सहित आफ्नो तेस्रो वर्षे कार्यकालको जिम्मेवारी क्याम्पस सञ्चालक समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेका छन्।
मंसिर १४ गते आइतबार क्याम्पस सञ्चालक समितिद्वारा बोलाइएको १४औँ बैठकमा संयोजक लक्ष्मण चेम्जोङले आफ्नो तीन वर्षे कार्यकाल समाप्त भएकाले प्रतिवेदन बुझाउँदै आजैको मितिदेखि आफू रहेको समिति भंग भई जिम्मेवारीमा नरहने घोषणा गरे।
क्याम्पसको निजी सभाहलमा बसेको उक्त बैठकमा अध्यक्ष राजेन्द्र राईको अध्यक्षता रहेको थियो। कार्यक्रममा क्याम्पस प्रमुख टीकादेवी भट्टराई, सञ्चालक समितिका सदस्य, कोष तथा लेखा परिचालन समितिका सदस्य तथा पत्रकारहरूको उपस्थित थियो
चेम्जोङको नेतृत्वमा २०७९ असार १८ गते समिति निर्वाचित भएको थियो । २०७९–२०८२ को कार्यकाल समाप्त भएर अधिवेशनबाट जिम्मेवारी सुम्पिनुपर्ने भए पनि विभिन्न कारणले ढिलाइ भएको र अन्ततः अधिवेशनअघि नै प्रतिवेदन बुझाएर पदमुक्त भएको जानकारी उनले दिए।
चेम्जोङले आगामी दिनमा पनि औपचारिक जिम्मेवारी बाहिर रहेर क्याम्पसको हितका लागि सकेसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।बैठकले चेम्जोङद्वारा प्रस्तुत प्रतिवेदनलाई सहर्ष स्वीकृति प्रदान गरेको क्याम्पस प्रमुख टीकादेवी भट्टराईले जानकारी दिँदै, उनले कार्यकालभर संस्थाको हितका लागि गरेको योगदानप्रति धन्यवाद ज्ञापन गरिन्।
अध्यक्ष राजेन्द्र राईले पनि चेम्जोङको योगदानको प्रशंसा गर्दै, भविष्यमा पनि क्याम्पस तथा समाजकै हितलाई प्राथमिकता दिँदै सहकार्य जारी राख्ने अपेक्षा व्यक्त गरे।