Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामको भञ्ज्याङमा सवारी दुर्घटनाः  छेवाङ र डेविटको मृत्यु 

इलामको भञ्ज्याङमा सवारी दुर्घटनाः  छेवाङ र डेविटको मृत्यु 

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर १४ २०८२


इलामको भञ्ज्याङमा सवारी दुर्घटनाः  छेवाङ र डेविटको मृत्यु 

इलाम : इलाम नगरपालिका–९ भञ्ज्याङ गोलाईस्थित मेचिराजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जना शिक्षकको मृत्यु भएको छ । आज अपराहन्न ३ बजे झापाबाट इलामतर्फ आइरहेको प्रदेश १–०१–००१ ख ४१०१ नम्बरको ट्रक र बिपरित दिशातर्फ गइरहेको प्रदेश १–०१–०१२ प ४८९९ नम्बरको स्कुटर आपसमा ठोक्किँदा भएको हो।

स्कुटरमा सवार ग्रिन भ्याली बोर्डिङका शिक्षकद्धय इलाम नगरपालिका–९ गोलबस्तीका २६ वर्षीय डेविट थापा मगर र माईजोगमाई गाउँपालिका–१ नयाँबजार घर भई इलाम बजार बस्दै आएका १८ वर्षीय छेवाङ शेर्पा गम्भीर घाइते बनेका थिए। दुवैजनालाई उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्‍याइए पनि ४ः४५ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा संलग्न ट्रक चालक इलाम नगरपालिका–५ बिब्ल्याटेका २५ वर्षीय राम प्रसाद श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार