Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

पाँचथरको पर्यटन पवद्र्धन गर्न पूर्वाधार विकासमा जोड

पाँचथरको पर्यटन पवद्र्धन गर्न पूर्वाधार विकासमा जोड

  • सन्देश सम्बाददाता
  • शनिबार, मंसिर १४ २०८२


पाँचथरको पर्यटन पवद्र्धन गर्न पूर्वाधार विकासमा जोड

पाँचथर । पाँचथरका पर्यटकीय क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । अथाह पर्यटकीय गन्तव्य भएकाले पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासमा जोड दिनुपर्नेमा सरोकारवालाले बताएका हुन् । पाँचथर सदरमुकाम फिदिम बजारमा पर्यटन कर्यालय झापाले अयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिले पर्यटन पूर्वाधार निर्माण गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका हुन् । कोशी भ्रमण वर्ष, स्थानीय पर्यटन प्रवद्र्धन, स्थानीय तहको भूमीका र अवसरका बारेमा छलफल गरिएको थियो । पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले कार्यालयले गर्ने काम र पर्यटन प्रवद्र्धनका रणनितिका बिषयमा जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय सरकारका प्रमुख, जनप्रतिनिधिहरु, उद्योगी, व्यवसायी तथा पर्यटन व्यवसायीहरुको सहभागिता रहेको थियो । कोशी प्रदेशको पर्यटन विकासका लागि विभिन्न योजना अघि सारिएकाले त्यसालाई कार्यान्वय गर्दै लानुपर्नेमा कोशी भ्रमण वर्ष निर्देशक समितिका सह संयोजक कृष्ण साहले बताए । कार्यक्रममा स्थानीय तहका प्रमुखहरुले पूर्वाधार निर्माण प्रवद्र्धनका काम गर्नुपर्नेमा जोड दिएका थिए । फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदम्बेले प्रदेश सरकारले पर्यटन पूर्वाधार बनाउने काममा ध्यान दिनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रामराज आङ्देम्बेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । पर्यटन कार्यालय झापाले झापा, इलाम, पाँचथर र ताप्लेजु जिल्लामा पर्यटन विकास र प्रवद्र्धनको काम गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार