Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

शिक्षिकाले आफ्नो जन्मदिनमा विद्यार्थीलाई दिइन् शैक्षिक सामग्री (तस्बिरहरु)

शिक्षिकाले आफ्नो जन्मदिनमा विद्यार्थीलाई दिइन् शैक्षिक सामग्री (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • आइतबार, मंसिर ८ २०८२


शिक्षिकाले आफ्नो जन्मदिनमा विद्यार्थीलाई दिइन् शैक्षिक सामग्री (तस्बिरहरु)

साङ्रुम्बा । इलाम नगरपालिका–१२ साङ्रुम्बाको रत्नलक्ष्मी आधारभुत विद्यालयमा कार्यरत शिक्षिकाले आफ्नो जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । रत्नलक्ष्मी आधारभूत विद्यालयमा कार्यरत अनुभवी शिक्षक गंगा देवी अधिकारीले विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकी हुन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविनकुमार लिम्बू,सदस्य तथा पूर्व अध्यक्ष यामबहादुर कटुवाल, सदस्य ठगेन्द्र कटुवाल, जानुका खड्का कोइरालाको उपस्थितिमा शैक्षिक सामग्री प्रदान गरेकी हुन् । विद्यालयका १५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु प्रदान गरेकी हुन् । कायर्यक्रममा विद्यालयमा सञ्चालन भएको अक्षय कोष निर्माण तथा व्यवस्थापनका अध्यक्ष भरतकुमार घिमिरेको पनि उपस्थिति पनि रहेको थियो । उक्त अवसरमा साङ्गरुम्वा निवासी गोमा देवी घिमिरे वरालले ५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेकी थिइन् । उक्त अवसरमा आजकै मितिबाट शुभजन्मोत्सव कोष सञ्चालन गरिने समेत जानकारी दिइएको थियो ।

थप तस्बिरहरु :  

प्रतिक्रिया
सम्बन्धित समाचार