Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ६ २०८२


कोसीको उच्च भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

इलाम । आज पनि देशभरको मौसम सफा रहने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ। महाशाखाका हनसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।

आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ। कोसी प्रदेशका हिमाली भागका एकदुई स्थानमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति कोसी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने अनुमान महाशाखाले गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार