Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

महिला विश्वकप कबड्डी, नेपालको तेस्रो जित

महिला विश्वकप कबड्डी, नेपालको तेस्रो जित

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर ६ २०८२


महिला विश्वकप कबड्डी, नेपालको तेस्रो जित

इलाम । नेपालले दोस्रो महिला कबड्डी विश्वकपमा तेस्रो जित हात पारेको छ। बङ्गलादेशको ढाकामा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार केन्यालाई रोमाञ्चक तरिकाले २८–२१ ले पराजित ग¥यो।

पहिलो हाफमा १३–११ स्कोरसहित नेपाल मात्र दुई अङ्कको अग्रतामा थियो । दोस्रो हाफमा नेपाले १५ स्कोर ग¥यो। यस नतिजासँगै नेपाल आफ्नो समूहमा चार खेलमा तीन जित र एक हारको स्थितिमा छ।

नेपालले पहिलो खेलमा जन्जिबारलाई ५८–१६ ले सजिलै हराएर सानदार सुरुवात गरेको थियो। नेपालले बुधबार खेलेका दुई खेलमा मिश्रित नतिजा निकाल्यो। चाइनिज ताइपेईसँग ३१–१५ ले निराश बनेको नेपालले पोल्यान्डलाई ६३–२५ ले सजिलै हराएको थियो।

महिला कबड्डी विश्वकप १३ वर्षपछि भएको हो। सन् २०१२ मा भारतको पटनामा पहिलो पटक महिला कबड्डी विश्वकपको आयोजना भएको थियो।

भारत महिला कबड्डीको पहिलो च्याम्पियन बनेको थियो। सो प्रतियोगितामा इरान दोस्रो तथा जापान तेस्रो भएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार