Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दोश्रो संस्करणको देउमाई कप मंसिर २१ गतेबाट

दोश्रो संस्करणको देउमाई कप मंसिर २१ गतेबाट

  • सन्देश सम्बाददाता
  • बुधबार, मंसिर ४ २०८२


दोश्रो संस्करणको देउमाई कप मंसिर २१ गतेबाट

फिक्कल । दोश्रो संस्करणको देउमाई कप आगामि मंसिर २१ गतेबाट हुने भएको छ । देउमाई फुटबल क्लब (डिफएसी) को आयोजनामा देउमाई नगरपालिका–१ धप्पटारमा प्रतियोगिता संचालन हुन लागेको हो । प्रतियोगितामा पुरुष तर्फ १६ र महिला तर्फ ८ टिमलाई सहभागि गराइने भएको छ ।

पुरुष तर्फको बिजेताले ५६ हजार ६ सय ६६ र उपविजेताले ३४ हजार ४ सय ४४ रुपैया प्राप्त गर्नेछ । विधागत तर्फ उत्कृष्ट खेलाडी, गोलरक्षक, मिडफिल्डर, डिफेन्स, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक र उदियमान खेलाडीलाई आर्कषक ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

महिला तर्फ बिजेताले २५ हजार ५ सय ५५ र उपविजेताले १२ हजार २ सय २२ रुपैया प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र सर्वाधिक गोलकर्तालाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई नगद ५ सय प्रदान गरिनेछ । खेल सेभेन ए साइडमा संचालन हुनेछ ।

प्रतियोगितामा सहभागित खेलाडी र रेफ्रीहरुको १ लाख रुपैयाको बिमा गरिएको क्लबका अध्यक्ष सुनिल राईले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल मंसिर २७ गते हुनेछ । पहिलो संस्करणमा पुरुष तर्फ आयोजक ए ले आयोजक बी र महिला तर्फ युनाइटेड देउमाई एफसीले सुकेपोखरीलाई हराउँदै उपाधि जितेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार