इलाम — श्रम संस्कृति पार्टीले माङ्सेबुङ गाउँपालिकामा ७५ सदस्यीय तदर्थ समिति गठन गरेको छ । आइतराज साँबाको अध्यक्षतामा समिति गठन गरिएको हो ।
पार्टीले उपाध्यक्षमा नवदिप माबोहाङ, सिर्जना सुब्बा, नर बहादुर आङ्देम्बे र गुन्ज राई रहेका छन् । सचिवमा आशिष जबेगु चयन भएका छन् । सुजन राई र गजेन्द्र राई सह–सचिवको जिम्मेवारी पाएका छन् ।

सन्तराम राईलाई कोषाध्यक्ष र पासाङ जबेगुलाई सह–कोषाध्यक्षको जिम्मेवारी दिइएको छ । तदर्थ समितिमा ६५ जना सदस्य रहेका छन् । पार्टीको तर्दथ समिति गठनका लागि हर्क साम्पाङ आफै माङसेबुङ आएका थिए ।