Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

छोटो समयमै नमेटिने दाग बोकेर बिदा भए आइजीपी खापुङ

छोटो समयमै नमेटिने दाग बोकेर बिदा भए आइजीपी खापुङ

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक २८ २०८२


छोटो समयमै नमेटिने दाग बोकेर बिदा भए आइजीपी खापुङ

काठमाडौँ : जेनजी आन्दोलन सुरु हुनु चार दिन अगाडि मात्रै भदौ १९ गते प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त भएका चन्द्रकुबेर खापुङ छोटो कार्यकालमै नमेटिने दाग बोकेर गएका छन्। कहिल्यै नबिर्सने सबैभन्दा ठूलो खत (दाग) भदौ २३ र २४ को जेनजी आन्दोलन बन्न पुग्यो। जुन आन्दोलनमा ७६ जनाको मृत्यु भयो। हजारौँ घाइते भएका थिए। केही त अहिले पनि उपचाररत छन्।

आन्दोलनरत जेनजीलाई गोली चलाउन आदेश कसले दियोरु भन्दै प्रहरी सुरक्षामाथि गम्भीर आरोप लाग्दै आएको छ। २३ गतेको घटनामा आन्दोलनरत युवाहरूमाथि गोली हानिएपछि प्रहरी सुरक्षामाथि प्रश्न उठेको हो। यद्यपि जेनजी आन्दोलनपछि सुरक्षा निकायको मनोबल निक्कै घटेको छ। अहिले राजधानीको सुरक्षा अवस्था नाजुक बनेको छ। सुरक्ष जाँच राम्ररी हुन नसक्नुले नेपाल प्रहरीको कति मनोबल गिरेको छ भन्ने कुरा प्रष्ट हुन्छ । पूर्वसुरक्षा अधिकारीहरू पनि यस कुरामा सहमत छन्।

आज रातिबाट अवकासमा जान लागेका प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले आजमात्रै विदाइभेटमा गृहमन्त्री ओमप्रकाश अर्याललाई प्रहरीको मनोबल उठाउन गृह प्रशासनलाई सुझाव दिएका छन्।
जेनजी आन्दोलन र त्यसबीचमा भएका घटनाबारे अहिले दुई धार देखिएको छ।

एकथरीले प्रहरीको ज्यादती भनिरहेका छन् भने अर्काथरीले आपराधिक क्रियाकलाप भनेर अथ्र्याइरहेका छन्। तर पनि यो एउटा आन्दोलन हो भनेर सरकारले स्वीकार गरेर मृत्यु भएकालाई शहिद घोषणासमेत गरिसकेको छ।

प्रहरीले अघिल्ले दिन गोली चलाएका कारण २४ गते तोडफोड र आगजनीका घटना भएको र त्यसमा संलग्न तत्कालीन सरकार प्रमुखसहितका अधिकारीहरूमाथि कारबाहीको माग उठिरहेको छ। अहिले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले त्यसविषयमा अध्ययन गरिरहेकाले त्यसको प्रतिवेदनपछि धेरै कुराहरू बाहिर आउने छन्। यता पूर्वडिआइजी रमेश खरेल जेनजी आन्दोलनमा नेपाल प्रहरीको मात्रै दोष नभएको बताउँछन्।

दशकौँदेखिको कुशासन, अर्कमण्यता, नातावाद, कृपावाद, नेपाल प्रहरीमा चरम राजनीतिकरण यि सबै कारण भएको उनले बताए। उनले भने, ‘भदौ २३ को घटना जुन भयो अनाहकमा अत्याधिक बल प्रयोग भयो र २४ गते त्यसको प्रतिवाद भयो।’ अर्का पूर्वडिआईजी हेमन्त मल्ल खापुङको कार्यकालमा भएको भदौ २३ र २४ को घटना पछिसम्म नबिर्सने दाग बनेको बताउँछन् ।

आन्दोलनपछिको समयमा भने प्रहरीको मनोबलको लागि विभिन्न तबरबाट प्रहरीमाथि हुने हमला, दबाव त्यसलाई नियन्त्रणका गर्न लागि खापुङले कुनै न कुनैरुपमा भूमिका खेलेको उनले बताए। उनले भने, ‘उहाँको कार्यकाल एकदम छोटो थियो, छोटो कार्यकालले प्रहरी जस्तो सुरक्षा निकायमा स्थिरता ल्याउँदैन।’

प्रतिक्रिया
सम्बन्धित समाचार