Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

साइप्रसमा बस्ने नेपालीद्धारा इलामका पिडित १२ परिवारलाई आर्थिक सहयोग (तस्बिरहरु)

साइप्रसमा बस्ने नेपालीद्धारा इलामका पिडित १२ परिवारलाई आर्थिक सहयोग (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • आइतबार, कार्तिक २४ २०८२


साइप्रसमा बस्ने नेपालीद्धारा इलामका पिडित १२ परिवारलाई आर्थिक सहयोग (तस्बिरहरु)

इलाम । अशोज १८ को बाढी पहिरोबाट ज्यान गुमाएका र विस्थापित परिवारलाई वैदेशीक रोजगारीका क्रममा साइप्रस पुगेका नेपालीले आर्थिक सहयोग गरेका छन् । रोजगारीका क्रममा साइप्रसमा रहेका मञ्जु राई, अमृत राई र कल्पना लिम्बुको पहलमा संकलन भएको रकम इलामको सन्दकपुर र माईजोगमाई निवासी पिडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् । उनीहरुले १२ परिवारलाई सहयोग दिने गरि रकम पठाएका थिए । सन्दकपुर गाउँपालिका १ छाँगे निवासी पहिरो पिडित छविदम राई, वडा नम्बर २ को उत्तिसे निवासी रामप्रसाद राई, हाँङ्गराज राईलाई आर्थिक सहयोग गरेका हुन् ।
त्यसैगरी सन्दकपुर वडा नम्बर ४ सयाबुङ निवासी मृतक शेखर राईको परिवारलाई पनि आर्थिक सहयोग गरिएको हो । पहिरोमा ज्यान गुमाएका शेखर राईकी आमा गंगामाया राईलाई आर्थिक सहयोग गरिएको सन्दकपुर–२ का वडाअध्यक्ष सनम राईले जानकारी दिए । त्यसैगरी सन्दकपुर गाउँपालिका ५ निवासी सुविन्द्र कुमार राई , मन बहहादूर राई, हर्क बहादूर राई, अनिल राई, सञ्जित राई र माङ्सिङ्ग दियालीको परिवारलाई आथिृक सहयोग गरेको हो । त्यसैगरी माईजोगमाई गाउँपालिका ६ स्थित किरण थेवे र स्मृती सोङ्मीको परिवारलाई आर्थिक सहयोग गरिएको हो ।

थप तस्बिरहरु :

 

प्रतिक्रिया
सम्बन्धित समाचार