इलाम । अशोज १८ को वर्षातपछिको बाढी पहिरोमा पूर्ण रुपमा विस्थापित हुने परिवारको संख्या ७ सय ११ पुगेको छ । विस्थापित परिवारमध्ये ७ सय परिवार आफन्तको घरमा बस्दै आएका छन् भने ११ परिवार सामुदायीक भवनमा बस्दै आएका छन् । २०८२ अशोज १८ को दैवि प्रकोपजन्य घटनाबाट विस्थापित हुने परिवारको संख्या ७ सय ११ पुगेको छ । विस्थापित परिवारमध्ये सबैभन्दा धेरै सुर्योदय नगरपालिकामा रहेका छन् । सूर्योदयमा ३ सय ६२ परिवार वर्षातपछिको बाढी पहिरोबाट विस्थापित भएका हुन् ।
उनीहरु सबै आफन्तकहाँ आश्रय लिएका छन् । सूर्योदय नगरपालिकापछि बाढी पहिरोबाट बढी विस्थापित भएको स्थानीय तह इलाम नगरपालिका हो । इलाम नगरपालिकामा १ सय ७२ परिवार विस्थाति भएका छन् । विपत्तिमा विस्थापित भएका धेरै परिवारहरु आफन्त र छरछिमेकमा बस्दै आएका हुन् । सामुदायीक भवनमा बस्ने विविस्थापित परिवारको संख्या ११ रहेको छ । उनीहरु सबै फाकफोकथुम गाउँपालिकाबासी हुन् ।
बाढी र पहिरोले खोला खोल्सा र नदिहरुको सतह बढ्नुका साथै गहिराई बढेकाले कतिपय गाउँहरु पुरै धसिएका छन् । जसका कारण विस्थापित परिवारको संख्या धेरै भएको हो । इलामका १० स्थानीय तहमध्ये अशोज १८ को दैवि प्रकोपबाट चलुलाचुली गाउँपालिका बाहेकका पालिकामा विस्थापित परिवार छन् । उनीहरुलाई सरकारी र गैरसरकारी संस्थाले स्थानीय प्रशासनको समन्वयमा राहात प्रदान गर्दै आएका हुन् । इलाममा पूर्ण घर क्षति भएका परिवार संख्यामा ३ सय ६५ र आसिंक घर क्षति भएको परिवार संख्या ९ सय ४० छ ।
विस्थापितमध्ये जग्गा व्यवस्थापन भएका परिवारका लागि अस्थायी घर बनाउन बजेट निकास शुरु भएको छ । उनीहरुलाई प्रथम किस्ता निकासा गर्ने काम शुरु भएको इलामका साहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले बताए । अशोज १८ को वर्षातपछिको बाढी पहिरोमा परि इलाममा ३९ जनाको ज्यान जानुका साथै अर्बौ मूल्य बराबरको क्षति पुगेको थियो ।
थप तस्बिरहरु :