Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

पशुपति ट्याक्सीबाट घरविहिन चालक परिवारलाई ८६ हजार सहयोग

पशुपति ट्याक्सीबाट घरविहिन चालक परिवारलाई ८६ हजार सहयोग

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक २२ २०८२


पशुपति ट्याक्सीबाट घरविहिन चालक परिवारलाई ८६ हजार सहयोग

फिक्कल । पशुपति ट्याक्सी तथा जिप यातायात प्रालिले विपदका कारण घरविहिन भएका सूर्योदय नगरपालिका–९ का दुई परिवारलाई नगद सहयोग गरेको छ।

प्रालिमा कार्यरत सवारी चालक निमा तामाङ र शुकवीर तामाङको परिवारलाई सोही क्षेत्रमा पुगेर संस्थाले ८६ हजार २८० रुपैयाँ नगद सहयोग प्रदान गरेको हो।

सहयोग हस्तान्तरण कार्यक्रम पशुपति ट्याक्सी तथा जिप यातायात प्रालिका अध्यक्ष मिलन क्षेत्री, व्यवस्थापन अध्यक्ष छिन्जुला योल्मो, कोषाध्यक्ष मिङमार योल्मो लगायत पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो।

सहयोग कार्यक्रममा अध्यक्ष क्षेत्रीले विपदका घडीमा सहयोग र एकताको भावना नै संस्थाको पहिचान भएको उल्लेख गर्दै आगामी दिनमा पनि समाजका जरामा पुगेर सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार