Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

साइप्रसमा बस्ने नेपालीद्धारा इलामका पिडितलाई आर्थिक सहयोग (तस्बिरहरु) 

साइप्रसमा बस्ने नेपालीद्धारा इलामका पिडितलाई आर्थिक सहयोग (तस्बिरहरु) 

  • सन्देश सम्बाददाता
  • बुधबार, कार्तिक २० २०८२


साइप्रसमा बस्ने नेपालीद्धारा इलामका पिडितलाई आर्थिक सहयोग (तस्बिरहरु) 
इलाम । अशोज १८ को बाढी पहिरोबाट ज्यान गुमाएका र विस्थापित परिवारलाई वैदेशीक रोजगारीका क्रममा साइप्रस पुगेका नेपालीले आर्थिक सहयोग गरेका छन् । रोजगारीका क्रममा साइप्रसमा रहेका मञ्जु राई, अमृत राई र कल्पना लिम्बुको पहलमा संकलन भएको रकम इलामको सन्दकपुर र माईजोगमाई निवासी पिडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् ।
उनीहरुले १२ परिवारलाई सहयोग दिने गरि रकम पठाएका थिए । सन्दकपुर गाउँपालिका १ छाँगे निवासी पहिरो पिडित  छविदम राई, वडा नम्बर २ को उत्तिसे निवासी रामप्रसाद राई, हाँङ्गराज राईलाई आर्थिक सहयोग गरेका हुन् । सन्दकपुर १ निवास छविदम राईले अशोज १८ को विपत्तिमा श्रीमति हरिमाया राई, छोरा भिमबहादूर राई गुमाएका थिए । यसैगरि  आर्थिक सहयोग पाएका वडा नम्बर २ का रामप्रसाद राईको घर बगाएको छ । पहिरोमा परि उनी र उनकी श्रमति सनमाया राई घाइते अवस्थामा उपचार गरिरहेका छन् । उत्तिसेकै हाँङ्गराज राईको पनि पहिरोले घरपूर्णरुपमा क्षति भएको छ । पिडितलाई सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्ग  वडाका जनप्रतिनिधिहरुको उपस्थितिामा राहात वितरण गरिएको हो ।
त्यसैगरी सन्दकपुर वडा नम्बर ४ सयाबुङ निवासी मृतक शेखर राईको परिवारलाई पनि आर्थिक सहयोग गरिएको हो । पहिरोमा ज्यान गुमाएका शेखर राईकी आमा गंगामाया राईलाई आर्थिक सहयोग गरिएको सन्दकपुर–२ का वडाअध्यक्ष सनम राईले जानकारी दिए । संकलन भएको रकम पहिरो पिडित १२ परिवारलाई वितरण गर्ने गरि पठाइएको साइप्रस निवासी मञ्जु राईले बताइन् ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार