इलाम । इलाम नगरपालिका–११ सोयाकमा संचालित तेस्रो खुल्ला नक–आउट फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेलहरु संचालन हुँदैछन् ।
नाम्दिङगो नालिफुङला सान्जुम्भोको आयोजनामा गत कार्तिक ७ गतेबाट संचालित प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक र बोरुङ एफसी तथा दोश्रो सेमिफाइनल खेलमा माहाता एक्तेन निर्माण सेवा एफसी र लक्ष्मीपुर एफसी भिड्दैछन् ।
आयोजकले क्वाटरफाइनल खेलमा फक्तालुङ एफसीलाई हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । बोरुङले डिवाइएफसी साङरुम्बालाई हराएको हो । त्यसैगरी माहाता एक्तेनले पानीटार एफसी र लक्ष्मीपुरले भञ्ज्याङ एफसीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ महेश्वारा आधारभुत विद्यालयको खेलमैदानमा आयोजना भएको प्रतियोगितामा इलामका १६ टिमलाई सहभागि छन् । विजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ
उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन् । साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र युवा खेलाडीलाई पनि ट्रफी र मेडलले सम्मान गरिनेछ