Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पुरुषोत्तम सिलवाललाई फाकफोकथुम खुला राष्ट्रिय रेटिङ बुद्धिचालको उपाधि

पुरुषोत्तम सिलवाललाई फाकफोकथुम खुला राष्ट्रिय रेटिङ बुद्धिचालको उपाधि

  • सन्देश सम्बाददाता
  • बुधबार, कार्तिक १३ २०८२


पुरुषोत्तम सिलवाललाई फाकफोकथुम खुला राष्ट्रिय रेटिङ बुद्धिचालको उपाधि

इलाम। फाकफोकथुम गाउँपालिकामा सम्पन्न पहिलो फाकफोकथुम खुला राष्ट्रिय रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८२ को उपाधि काठमाडौंका पुरुषोत्तम सिलवालले हात पारेका छन्। असोज ९ देखि ११ गतेसम्म तीन दिन चलेको प्रतियोगितामा देशभरका ७९ खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए।

फाकफोकथुम बुद्धिचाल संघको आयोजनामा, इलाम जिल्ला बुद्धिचाल संघको सहकार्य र नेपाल चेस महासंघको सहयोगमा सम्पन्न प्रतियोगिता ९ चरणको स्विस प्रणाली अनुसार सञ्चालन गरिएको थियो।
अन्तिम चरणसम्म उपाधिको दौड अत्यन्तै रोमाञ्चक बनेको थियो। पुरुषोत्तम सिलवाल, पाँचथरका रिसन थापा र झापाका ज्वाला इम्बुङ तीनै जनाले समान ७।५ अङ्क प्राप्त गरे पनि टाइब्रेक प्रणालीमा सिलवाल अग्रस्थानमा रहँदै च्याम्पियन बने। विजेता क्यान्डिडेट मास्टर ९सीएम० सिलवालले रु। ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। उनले नौ खेलमध्ये छ जित र तीन बराबरी खेलेका थिए। दोस्रो स्थानमा पाँचथरका रिसन थापाले रु। २० हजार तथा तेस्रो स्थानमा झापाका ज्वाला इम्बुङले रु। १५ हजार नगद पुरस्कार पाए। धरानका मुहान नरसिंह श्रेष्ठ चौथो र खोटाङका धिरेन राई पाँचौं स्थानमा रहे। दुबैले क्रमशः रु। १० हजार र सात हजार नगद प्राप्त गरे। शिर्ष १३ खेलाडीहरू मध्ये ललितबहादुर राई धरान, बसन्त लामा दमक, कृतिसरा अधिकारी ९दमक०, राजन सम्बाहाम्फे पाँचथर र खगेन्द्र कुमार आङ्देम्बे पाँचथर ले जनही पाँच हजार नगद र प्रमाणपत्र प्राप्त गरे। त्यस्तै सुरेन्द्र कुमार राई इलाम, राजन सुवेदी झापा र रविन्द्र घिमिरे इलाम ले जनही चार हजार हजार नगदसहित प्रमाणपत्र पाए।

विभिन्न विधा अन्तर्गत जम्मा ४२ खेलाडीहरू पुरस्कृत भएका थिए। भूगोल तर्फ फाकफोकथुमबाट पहिलो, दोस्रो र तेस्रो हुनेमा क्रमशः गणेश मगर पाँच हजार, भीम योङ्हाङ तीन हजार  र अर्जुन लिम्बु दुई हजार नगद र प्रमाणपत्रसहित पुरस्कृत भए । भूगोल तर्फ इलाम जिल्ला प्रथम खड्ग सुब्बाले पाँच हजार र दोस्रो हुने मनिष पौडेलले तीन हजार पाए । हिल्स टप तर्फ धनकुटाका सुमन श्रेष्ठ, जनप्रतिनिधि विधा तर्फ इलाम सूर्योदयका उर्गेन बम्जन र फरक क्षमता भएका मेचीनगर झापाका विश्व विजय घिमिरेले जनही पाँच हजार पाँच सयका दरले नगद तथा प्रमाणपत्र प्राप्त गरे। महिला तर्फ काठमाडौंकी राधिका पौडेल प्रथम हुँदै पाँच हजार र झापा दमककी प्रतिमा बाँस्कोटा दोस्रो भइ तीन हजार प्राप्त गरिन्। उमेर समूह र रेटिङ वर्ग तर्फ अण्डर सिक्सटिनका अग्रिम खड्का मोरङ प्रथम भइ चार हाजर र उत्सव खनाल  झापा दोस्रो भएर तीन हजार हात पारे । भेट्रान्स ९५५ वर्ष माथि तर्फ नरेन्द्र सम्बाहाम्फे पाँचथर प्रथम बनेर पाँच हजार र तेज बहादुर लावती पाँचथर दोस्रो भइ नगद ती हजारसहित प्रमाणपत्र पाए ।

रेटिङ समूहहरू १६ सय मुनि तर्फ नयन खनाल दमक प्रथमले चार हजार र आयुस लिम्बु  मोरङ दोस्रोले तीन हजार साथै १८ सय मुनि तर्फ याम लिम्बु  इलाम० प्रथमले नगद पाँच अजार र उमेश राई मोरङ दोस्रोले चार हजार प्राप्त गरे । अनरेटेड तर्ई विजय लावती ९पाँचथर० प्रथम बनेर पाँच हजार र अविनास लिम्बु ९इलाम० दोस्रो बनेर तीन हजार हात पारे त्यस्तै, फाकफोकथुम फिमेल पुरस्कार इशा राईले प्राप्त गरिन् भने राइजिङ प्लेयर का रूपमा दमकका १३ वर्षीय श्रीयान्स चौलागाई घोषित भए।

यस प्रतियोगितामा राष्ट्रिय च्याम्पियन राजन सुवेदीको निराशाजनक प्रदर्शन रहेको छ । सन् २०२४ का राष्ट्रिय च्याम्पियन सुवेदी यसपटक कमजोर प्रदर्शनमा सीमित रहे। पहिलो चरणमै अण्डर सिक्सटिनका खेलाडी अग्रिम खड्कासँग पराजित भएका सुवेदीले पाँचौं चरणमा रिसन थापा र छैटौं चरणमा श्रीयान्स चौलागाईसँग अंक बाँडे। अन्तिम चरणमा मुहान श्रेष्ठसित हार बेहोरेपछि उनको प्रदर्शन रेटिङ १८०७ मा झर्‍यो र उनले ३५।४ रेटिङ अंक गुमाए।

फाकफोकथुम बुद्धिचाल संघका अध्यक्ष गणेश मगरका अनुसार, “यो प्रतियोगिताले इलाम र सुदूरपूर्वी क्षेत्रमा बुद्धिचाल खेलको लोकप्रियता र स्तर वृद्धिमा योगदान पुर्‍याएको छ। आगामी वर्षदेखि यसलाई स्थानीय स्तरमा विस्तार गर्ने योजना रहेको छ।” प्रतियोगिता ६० मिनेट प्लस ३० सेकेन्डको समय नियन्त्रणमा नौ राउन्डको स्विस प्रणालीमा सम्पन्न भएको चिफ आरविटर डम्बर राईले बताए । पुरस्कार वितरण समारोहमा फाकफोकथुम गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, जिल्ला बुद्धिचाल संघ इलामका अध्यक्ष तारानिधि घिमिरे र कोशी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्र राईलगायतका अतिथिहरू उपस्थित थिए।

थप तस्बिरहरु :

 

प्रतिक्रिया
सम्बन्धित समाचार