इलाम । इलाम नगरपालिका–११ सोयाकमा संचालित तेस्रो खुल्ला नक–आउट फुटबल प्रतियोगितामा आज क्वाटरफाइनलका २ खेल हुँदैछ । प्रतियोगिताको तेश्रो क्वाटरफाइनल खेलमा आज बोरुङ एफसी र डिवाइएफसी साङरुम्बा भिड्दैछन् ।
बोरुङले सिम्ले एफसीलाई हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । डिवाइएफसी ले फुलबारी एफसीलाई हराएको हो । अन्तिम क्वाटरफाइनल खेलमा भञ्ज्याङ एफसी र लक्ष्मीपुर एफसी भिड्दैछन् ।
भञ्ज्याङले केवाइ एफसीलाई र लक्ष्मीपुरले सोयाक युनाइटेडलाई हराएको हो । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा इलामका १६ टिमलाई सहभागि छन् ।
विजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन् । साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र युवा खेलाडीलाई पनि ट्रफी र मेडलले सम्मान गरिनेछ