Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

वर्षातपछिको पहिरोले सन्दकपुर–४ को सायबुङ टोल नै जोखिममा 

वर्षातपछिको पहिरोले सन्दकपुर–४ को सायबुङ टोल नै जोखिममा 

  • सुजन तिमल्सिना
  • मंगलबार, कार्तिक १२ २०८२


वर्षातपछिको पहिरोले सन्दकपुर–४ को सायबुङ टोल नै जोखिममा 
सन्दकपुर (माबु) । माईखोलाको कटानले इलामको सन्दकपुर–४ माबुको सायबुङ गाउँ नै जोखिममा परेको छ । गाउँको जग मानिएको भु–भाग माईखोलाको कटानले गर्दा सरकारले सायबुङ गाउँका १ सय १५ परिवार जोखिममा परेका छन् । सन्दकपुर–४ माबुको सायबुङ टोलमा १ सय १५ परिवारको बसोबास छ । टोलको पुछारमा माईखोला पर्छ । माईखोलाले हरेक वर्ष कटान गर्छ । पछिल्ला दूई वर्षको कटान भने अत्याधिक छ ।  गत वर्ष अशोज ९ गतेबाट १३ गतेसम्मको भारी वर्षातले कटान धेरै भएको थियो । यस वर्ष पनि अशोज १८ को वर्षातपछिको बाढीले कटान गरेपछि सायबुङ  गाउँनै जोखिममा परेको हो । कटानले गाउँको भौगोलिक अवस्थिति नै फरक पारेको छ । गाउँको जग नै माईखोलाको अत्याधिक कटानले गाउँनै जोखिम परेको हो । गाउँका प्राय घरहरु चर्किएका छन् । गाउँमा आदिवासी जनजाति राई परिवारको बसोबास रहेको छ । यस वर्ष गाउँमा पहिरो मात्रै छन् । पहिरोका कारण गाउँनै ५ मिटरसम्म सरेको सायबुङ टोलका अध्यक्ष रामकुमार राईले बताए ।
भिरालो जमिन भएको सायबुङ टोलमा ६ परिवार पूर्णरुपमा विस्थापित छन् । र अन्य परिवार आंसिक विस्थापित छन् । तर अन्य परिवार पनि जोखिम मोलेर नै बसिरहेका छन् । उनीहरु वर्षातमा बस्न सक्ने अवस्था छैन ।  अलैँची, चिराइतो, मकै खेती र पशुपालन गर्दै आएका टोलबासीले यस वर्ष मानविय क्षति पनि बेहोरेका    छन् । अशोज १८ को वर्षातपछिको पहिरोले टोलका सदस्य शेखर राईको ज्यान लिएको थियो । पहिरोले टोलबासीको कृषि उपज र अलैँचीबारीमा ठुलो क्षति गरेको छ । दुई वर्षको ठुलो वर्षातपछिको खोला कटानले गर्दा सायबुङ टोल जोखिममा परेकाले अर्को वर्षको वर्षात नथेग्ने वडाअध्यक्ष ढाल बहादूर गुरुङ्गले बताए । सिङ्गो टोल नै विस्थापित हुने भएकाले पुनःस्थपनाका गर्न गाउँपालिका एक्लैले गर्न सक्ने अवस्था छैन । त्यसैले सायबुङ टोलबासीको पुनःस्थापनाका लागि प्रदेश र संघीय सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाको माग छ ।
थप तस्बिर : 

प्रतिक्रिया
सम्बन्धित समाचार