इलाम । इलाम नगरपालिका–११ सोयाकमा संचालित तेस्रो खुल्ला नक–आउट फुटबल प्रतियोगितामा आजबाट क्वाटरफाइनलका खेलहरु संचालन हुनेछन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आज आयोजक र फक्तालुङ एफसी भिड्दैछन् ।
आयोजकले बास्थल एफसीलाई हराउँदै अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । फक्तालुङले एमएफसी साङरुम्बालाई हराएको हो । त्यसैगरी दोश्रो क्वाटरफाइनल खेलमा माहाता एक्तेन एफसी र पानीटार एफसी भिड्नेछन् । माहाता एक्तेनले नामथला एफसी र पानीटारले झुल्केघाम एफसीलाई हराउँदै अन्तिम ८ मा स्थान बनाएका हुन् ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा इलामका १६ टिमलाई सहभागि छन् । विजेता टिमले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन् ।
साथै उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र युवा खेलाडीलाई पनि ट्रफी र मेडलले सम्मान गरिनेछ