Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

फाकफोकथुमका पहिरो पीडित परिवारलाई आर्थिक मामिला मन्त्रीद्वारा राहत वितरण

फाकफोकथुमका पहिरो पीडित परिवारलाई आर्थिक मामिला मन्त्रीद्वारा राहत वितरण

  • रेविका तोलाङ्गी
  • शनिबार, कार्तिक ९ २०८२


फाकफोकथुमका पहिरो पीडित परिवारलाई आर्थिक मामिला मन्त्रीद्वारा राहत वितरण

इलाम । असोज १८/१९ गतेको अविरल वर्षाका कारण फाकफोकथुम गाउँपालिका–३ रातमाटेका सुरेश लिम्बूको परिवारलाई कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय श्री राम रानाले मृतक परिवारलाई राहत वितरण गर्दै समवेदना प्रकट गरेका छन् । मन्त्री रानाले स्व. सुरेश लिम्बूका बुबा जीतबहादुर लिम्बू र आमा मैयाँदेवी राई (लिम्बू)लाई राहत रकम हस्तान्तरण गर्दै परिवारको दुखद क्षतिप्रति गहिरो समवेदना व्यक्त गरे

कार्यक्रममा नेकपा (एमाले) इलाम जिल्ला कमिटी र फाकफोकथुम गाउँपालिका पार्टी कमिटीले राहत वितरणको जिम्मेवारी सम्हालेका थिए। सो अवसरमा प्रदेश कमिटी सदस्य तथा थुम इन्चार्ज राज थापा, जिल्ला सचिवालय सदस्य प्रेम लिम्बू, फाकफोकथुम गाउँपालिका पार्टी अध्यक्ष अर्जुनकुमार लिम्बू, सचिव ओम खनाल, नेपाली कांग्रेस थुम सभापति डिकबहादुर थापा, वडा नम्बर ३ का अध्यक्ष नरवीर राई, सचिव पारस लामिछाने लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिपेन्द्र खनाल, उपाध्यक्ष कल्पना राई, वडा अध्यक्ष टङ्क खनाल, कार्यपालिका सदस्य देवीमाया लामिछाने, कविता राई, डिकबहादुर बराइली, खड्कमाया घतानि, लक्ष्मण राई, शान्त राई तथा पालिका कर्मचारी गोविन्द लामिछाने लगायत उपस्थित थिए।

त्यसैगरी सामाजिक अभियन्ता, शिक्षक, सहकारी प्रतिनिधि, दलित समन्वय समिति अध्यक्ष र स्थानीय समुदायका विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो। सहभागी सबैले स्व. सुरेश लिम्बूको आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारलाई हार्दिक समवेदना प्रकट गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार