Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

देउमाईमा बाढी–पहिरो पीडितलाई आदिवासी जेनजी समूहद्वारा राहत वितरण

देउमाईमा बाढी–पहिरो पीडितलाई आदिवासी जेनजी समूहद्वारा राहत वितरण

  • रेविका तोलाङ्गी
  • मंगलबार, कार्तिक ५ २०८२


देउमाईमा बाढी–पहिरो पीडितलाई आदिवासी जेनजी समूहद्वारा राहत वितरण

इलाम । गत असोज १८ गतेको बाढी पहिरोबाट पिडित बनेका देउमाई नगरपालिका–४, ५, ७ र ९ का अति विपन्न परिवार तथा बाढी–पहिरो पीडितलाई आदिवासी जनेजी समूह देउमाई नगरपालिका इलामले राहत वितरण गरेको छ ।

परिवर्तनका लागि आवाजसँगको सहकार्यमा समूहले रु. ७० हजार ८ सय ४० बराबरको राहत सामग्री वितरण गरेको हो । असोज १८ गतेको अविरल वर्षाका कारण गएको पहिरोले धेरै परिवार बिस्थापित भएपछि पीडितहरूका लागि अस्थायी आवास निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले राहत वितरण गरेको जनाइएको छ ।

समूहका प्रतिनिधि भीमसेन लिम्बूका अनुसार, राहतमा जस्तापाता र खाद्य सामग्रीहरू समावेश छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार