Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय 

कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय 

  • सन्देश सम्बाददाता
  • सोमबार, कार्तिक ४ २०८२


कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपाको निर्णय 

इलाम । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जसपाको शनिबार सम्पन्न प्रदेशसमितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जसपा प्रदेश मुख्यसचिव विनोद नेम्बाङले नयाँ बुलन्दलाई जानकारी दिए ।

जसपाले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीयले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । ‘हाम्रो पार्टीको प्रदेश समिति बैठकले प्रदेश सरकारलाई दिएको समर्थन लिने निर्णय भएको छ,’ मुख्यसचिव नेम्बाङले नयाँ भने । जसपाको प्रदेश संसदीय दलमा निर्मला लिम्बू छन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईले पार्टी विभाजन गरेपछि लिम्बू राई समूहतिर लागेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार