Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

  • सन्देश सम्बाददाता
  • सोमबार, कार्तिक ४ २०८२


प्रचण्डको सचिवालयबाट गंगा दाहालले दिइन् राजीनामा

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले नेकपा माओवादी केन्द्रको सचिवालयबाट राजीनामा दिएकी छिन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेकी हुन्।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालले पार्टी सचिवालयबाट राजीनामा दिएकी छन् । सोमबार दाहालले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामाको घोषणा गरेकी हुन् ।
उनले भनेकी छन्– ‘निरन्तर मलाई देखाएर नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले यस्तो अवस्थामा मैले सचिवालयको जिम्मेवारीबाट बाहिरिँदा नै बुवा, पार्टी र आन्दोलनको लागि राम्रो होला भन्ने निष्कर्षमा पुगेर बुवाको सचिवालयबाट राजीनामा दिएको छु ।’
उनले पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा भने क्रियाशील रहने जनाएकी छन् । दाहालले सचिवालयमा रहँदा पार्टीका नेता, कार्यकर्ताहरू र आम नागरिकले गरेको सहयोगप्रति हार्दिक आभार समेत व्यक्त गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार