Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

काग्रेसले तोक्यो इलामका स्थानीय तहमा प्रमुख उप प्रमुख

काग्रेसले तोक्यो इलामका स्थानीय तहमा प्रमुख उप प्रमुख

  • सुजन तिमल्सिना
  • सोमबार, जेष्ठ १५ २०७४


काग्रेसले तोक्यो इलामका स्थानीय तहमा प्रमुख उप प्रमुख

इलाम । नेपाली काग्रेसले लामो समयको छलफल पछि इलामका सबै स्थानीय तहमा आसन्न निर्वाचनका लागि प्रमुख उप प्रमुखको उमेद्धवार छनौट गरेको छ । जेठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि सबै नगरपालिका र गाउँपालिकामा प्रमुख उप प्रमुखको उमेद्धवार चयन गरेको काग्रेस नेता जिल्ला केदार थापाले बताए ।
नेपाली काग्रेसले इलाम नगरपालिकाको मेयरमा हिमाल कर्माचार्यलाई तोकेको छ । उनी नेपाली कांग्रेस इलामका सभापति हुन् । उप मेयरमा नेपाल महिला संघ केन्द्रिय सदस्य तथा महासमिति सदस्य चन्दा कार्की चयन भएकी छन् । काग्रेसले सूर्योदय नगरपालिकाको मेयरमा दुर्गा बराल र उप मेयरमा बन्दना अधिकारी चयन भएकी छन् । मेयरका उमेद्धवार दुर्गा बराल नेपाली काग्रेस क्षेत्र नम्बर १ का सभापति हुन् भने बन्दना अधिकारी महासमिति सदस्य हुन् ।
यस्तै रोङ्ग गाउँपालिकाको अध्यक्षमा समसेर राई र उपाध्यक्षमा चन्द्रकला राई बुडाथोकी चयन भएकी छन् । समसेर जिल्ला सदस्य हुन् भने चन्द्रकला नेपाल महिला संघकी जिल्ला कोषाध्यक्ष हुन् । यस्तै चुलाचुली गाउँपालिकाको अध्यक्षमा नेपाल तरुण दलका क्षेत्रीय सभापति राजेन्द्र केरुङ्ग र उपाध्यक्षमा महासमिति लक्ष्मी मिश्र चयन भएकी छन् । यस्तै माङ्सेबुङ्ग गाउँ पालिकाको अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा चयन भएकी छन् ।
यसैगरि माई नगरपालिकाको मेयरमा बिष्णु कार्की र उप मेयरमा चन्द्रकला लिम्बु चयन भएकी छन् । कार्की नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष हुन् भने उप मेयरकी लिम्बु सहिद पत्नि हुन् । कागे्रसले देउमाई नगरपालिकाको मेयरमा होम दुलाल, उप मेयरमा सूर्यकला राई चयन भएकी छन् । मेयरका प्रत्यासी होम दुलाल पूर्व जिल्ला उप सभापति हुन् भने सूर्यकला क्षेत्रीय सह सचिव हुन् । यस्तै फाकफोक थुम गाउँपालिकाको अध्यक्षमा राम श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा डालाकुमारी बिष्ट चयन भएकी छन् ।
श्रेष्ठ जिल्ला सदस्य हुन् भने डाला कुमारी पूर्व शिक्षिका हुन् । यस्तै माई जोगमाई र सन्दकपुर गाउँपालिकामा यस अघि नै उमेद्धवार सार्वजनीक गरिसकेको छ ।
नेपाली काग्रेसले जिल्लाका ८१ वटै वडामा वडाअध्यक्ष र सदस्यको चयन गरेको छ । काग्रेसले इलाम नगरपालिकाको वडा नम्बर १ मा पर्सुराम घिमिरे, २ मा अच्युत निरौला, ३ मा तिर्थ गुरुङ्ग, ४ मा नुतनदेव दुलाल, ५ मा पदम पौडेल, ६ मा केदार मिश्र, ७ मा नरेश श्रेष्ठ, ८ मा होम बस्नेत, ९ मा गोपाल चौहान, १० मा ऋषिराम गौतम, ११ मा रविन एक्तेन र १२ को वडाध्यक्षमा नाखमान लिङ्दम चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार