Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

दक्षिण कोरियामा मृत्यु भएका चुलाचुलीका ध्रुव राजको परिवारलाई ७ लाख २० हजार सहयोग

दक्षिण कोरियामा मृत्यु भएका चुलाचुलीका ध्रुव राजको परिवारलाई ७ लाख २० हजार सहयोग

  • सन्देश सम्बाददाता
  • आइतबार, कार्तिक ३ २०८२


दक्षिण कोरियामा मृत्यु भएका चुलाचुलीका ध्रुव राजको परिवारलाई ७ लाख २० हजार सहयोग

इलाम । दक्षिण कोरियामा कार्यरत नेपाली समुदायले दक्षिण कोरियाको छनानस्थित माइती घर सेल्टरमा गत असोज १३ गते मृत्यु भएका चुलाचुली–१ निवासी ध्रुव राज लावतीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। दक्षिण कोरियामा रहेका इलामेली समाज दक्षिण कोरिया, याक्थुङ चुम्लुङ तथा पुर्वेली समाज दक्षिण कोरियाको संयुक्त पहलमा संकलित ७ लाख २० हजार ९ सय ५५ रुपैयाँ मृतक लावतीका परिवारलाई उपलब्ध गराइएको हो।

चुलाचुली–१ हात्तिलेदा स्थित मृतक लावतीको घरमै आयोजित कार्यक्रममा इलामेली समाज दक्षिण कोरियाका अध्यक्ष सुवास चेम्जोङ, वडा नम्बर १ का वडाध्यक्ष पुर्ण लावतीसहित स्थानीयवासीको उपस्थितिमा सो रकम तथा समवेदना पत्र मृतककी श्रीमती समिना लिङदेन लावतीलाई हस्तान्तरण गरिएको थियो। कार्यक्रममा अध्यक्ष चेम्जोङले विदेशमा रहँदा आपतपदमा परेका नेपाली परिवारलाई सहयोग गर्नु सबैको साझा जिम्मेवारी रहेको बताए।

उनले आर्थिक सहयोग संकलनमा सहभागी सम्पूर्ण प्रवासी नेपाली समुदायलाई धन्यवाद व्यक्त गरे। मृतक लावतीको असामयिक निधनप्रति उपस्थित सबैले शोक व्यक्त गर्दै परिवारलाई धैर्य धारण गर्न आग्रह गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार