Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एकतप्पा गोल्डकप : हाङमाचुली र फाल्गुनन्द–पितामरु–डिएक्सएन क्लब सेमिफाइनलमा प्रवेश

एकतप्पा गोल्डकप : हाङमाचुली र फाल्गुनन्द–पितामरु–डिएक्सएन क्लब सेमिफाइनलमा प्रवेश

  • रेविका तोलाङ्गी
  • शुक्रबार, कार्तिक १ २०८२


एकतप्पा गोल्डकप : हाङमाचुली र फाल्गुनन्द–पितामरु–डिएक्सएन क्लब सेमिफाइनलमा प्रवेश

फाकफोकथुम । एकतप्पा गोल्डकप फुटबल प्रतियोगितामा हाङमाचुली एफसी र फाल्गुनन्द–पितामरु–डिएक्सएन क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् । इलामको फाकफोकथुम ७ स्थित दोकान डाँडा स्थित जनकल्याण माविको मैदानमा आज भएको पहिलो खेलमा हाङमाचुली एफसीले कोलबोटे एफसीमाथि २–१ गोलअन्तरको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

सन्देश लिम्बू र मनिष लिम्बूले हाङमासुचुलीको लागि गोल गरेका थिए । कोलबोटेका लागि शेखर राईले सान्त्वना गोल फर्काए । खेलको प्लेयर अफ दी म्याच मनिष लिम्बू घोषित भए । उनलाई फाकफोकथुम ७ का वडाध्यक्ष छत्रबहादुर योङहाङले नगद प्रदान गरे । यस्तै, दोस्रो खेलमा फाल्गुनन्द–पितामरु–डिएक्सएनले फक्ताङलुङ एफसी मिक्लाजुङ पाँचथरविरुद्ध सडनडेथमा जित हासिल गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि सडनडेथमा फाल्गुनन्द–पितामरु–डिएक्सएनले जित निकालेको हो । खेलको प्लेयर अफ दी म्याच फाल्गुनन्द–पितामरु–डिएक्सएनका गोलरक्षक उत्तम कार्की भए । उनलाई आयोजक क्रिएटिभ सोसिएल स्पोर्टिङ क्लबका अध्यक्ष पदम योङहाङले नगद पुरस्कार प्रदान गरे । प्रतियोगिताको फाइनल खेल कात्तिक ४ गते हुनेछ ।

विजेताले १ लाख २६ हजार ८९ रुपैयाँ पाउँदा उपविजेताले नगद ६६ हजार प्राप्तन गर्नेछ । यसैगरी, सर्वोत्कृष्ट खेलाडी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक र सर्वाधिक गोलकर्ताले नगद २ हजार २ सय र ट्रफी पाउने छ । भोलि अन्तिम क्वाटरफाइनल खेलमा साविक विजेता चुलाचुली एफसीले चौबन्दी एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

Photo : AI Generate

प्रतिक्रिया
सम्बन्धित समाचार