इलाम । हालैको जेन्जी आन्दोलन पश्चात् विभिन्न ब्यत्ती तथा प्रवृत्तिहरुले आन्दोलनका वास्तविक मागहरु लाई अपहरण गरि भ्रम फैलाउने काम गरिरहेको भन्दै वाइसीएल नेपाल इलाम र अनेरास्ववियु क्रान्तिकारी जिल्ला समिति इलामले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाएका छन् । पुर्ब प्रहरी अतिरिक्त महानिरीक्षक देबेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेले सामाजिक संजाल तथा विभिन्न मिडिया मार्फत नेकपा माओवादी केन्द्रका संयोजक प्रचण्ड विरुद्ध घर जल्न अगाडी दुईवटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाईयो भन्ने झुठा, तत्यहिन र कपोकल्पित नियोजित प्रचार गरेकोमा कारबाहीको माग दुई संगठनले गरेका हुन् ।
वाइसीएल नेपाल इलाम र अनेरास्ववियु क्रान्तिकारी जिल्ला समिति इलामले जिल्ला प्रशासन कार्यालय इलाम मार्फत सत्यतथ्य छानबिन गरि गलत प्रचार गर्नेहरु माथी कडा कार्बाही होस गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
