Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

अशोज १८ को बाढीपहिरो : शोकमा माईजोगमाई ६ प्याङबासी  

अशोज १८ को बाढीपहिरो : शोकमा माईजोगमाई ६ प्याङबासी  

  • सुजन तिमल्सिना 
  • मंगलबार, असोज २८ २०८२


अशोज १८ को बाढीपहिरो  : शोकमा माईजोगमाई ६ प्याङबासी  
इलाम (प्याङ) । अशोज १८ राती वर्षातपछिको पहिरोले इलामको माईजोगमाई ६ का दुई परिवारका ८ जना गुमाएपछि प्याङ्बासी शोकमा छन् । घरमाथिको पहाडसँगै झरेको पहिरोले ८ जनाको ज्यान गुमाएपछि माईजोगमाई ६ प्याङ्बासीका लागि बडादशैँमा घटेको घटनाले पिडाबोध बनाएको छ ।
माईजोगमाई ६ को पञ्चमीबाट ओडारे जोड्ने सडकमुनी स्थानीय ८० वर्षीय बर्मलाल सोङ्मीको परिवार बस्ने घर थियो । गाउँले बाटो भएर आउजाउ गर्दा बर्मलालको घर प्रष्टै देख्थे ।
तर वडादशैँको चौथो दिन अशोज १९ गते बिहान हेर्दा बर्मलालको घर      थिएन ।  अशोज १८ गते रातीको पहिरोले सोङ्मीको परिवारका ५ जनाको पोहिरोले ज्यान लियो । सधैँ बाटो हिड्दा देखिएको घर नदेखिएपछि गाउँले आत्तिएर घटनास्थल पुगेका थिए । घर ढुंगा, गेग्रयानसहितको माटोले पुरिएको अवस्थामा तत्काल उद्धारमा खटिएपनि जिवीत नभेटिएको आफन्त रविन सोङ्मीले बताउनुभयो ।
पहिरोले ८० वर्षिय बर्मलाल सोङ्मी श्रीमति बुद्धमाया सोङ्मी, छोरा धनबल बुहारी सरला, माइली नातीनी प्रकृतिको ज्यान लिएको थियो । जेठी नातिनी आकृती फुपुको घर इलाम सदरमुकाम गएकाले ज्यान जोगियो । कान्छि नातीनि स्मृती काकाको घरमा सुत्न गएकाले बाच्न सफल भइन । बुबाआमाको काख र हजुरबुबा हजुरआमाको मायामा हुर्किएका उनीहरु अहिले आफन्त रबिन सोङ्मीको घरमा बस्दै आएका छन् ।
ठुलो बर्षा अनि पहिरोले माईजोगमाई ६ कै ओडारे टोलमा थेवे परिवारमा बज्रपात पर्यो । माईखोला नजिकै बर्षौदेखि बस्दै आएका किरण थेवेको परिवारमा किरणसहित तीन जनाको ज्यान पहिरोले लियो । किरणकी गर्भवती  श्रीमती र एक जना छोरीको पहिरोमा पुरिएर ज्यान गएको हो । किरणकी गर्भवती श्रीमतीबाट मंसिर महिनामा बच्चा जन्मिने मिति स्वास्थ्यकर्मीले तोकिदिएका थिए । तर पोहिरोमा परिवारै बगाएपछि प्याङबासी पिडामा रहेको स्थानीय पूर्व शिक्षक राजेन्द्रकुमार थेवेले बताए ।
ओडारे टोलमा पर्ने माईखोलाको तिरमाथि दुई परिवार बस्थे । पहिरोले एक परिवारको पुरै ज्यान लिएपनि अर्को परिवारमा एक छोराले बुवाआमासहित बहिनीलाई भगाउन सफल भएर ५ जनाको ज्यान बाँचेको थियो ।
मौसम पूर्वअनुमान माहाशाखाको सुचनाका आधारमा संघीय सरकारले सबैमा सर्तक र उद्धारको पूर्वतयारीमा रहन सतर्क गराएपनि घरगाउँको स्थानीय सरकार सान्तना दिन पनि समयमा नपुगेको पिडितको गुनासो छ ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार