Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

नेपाली सेनाद्धारा इटहरीमा पत्रकार अभिमुखीकरण कार्यक्रम सुरु

नेपाली सेनाद्धारा इटहरीमा पत्रकार अभिमुखीकरण कार्यक्रम सुरु

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज २७ २०८२


नेपाली सेनाद्धारा इटहरीमा पत्रकार अभिमुखीकरण कार्यक्रम सुरु

इटहरी । पूर्वी पृतनाको जिम्मेवारी क्षेत्रअन्तर्गतका जिल्लाहरूमा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारहरूको सहभागितामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme–DCOP)आजदेखि सुरु भएको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा सुरु भएको उक्त कार्यक्रम पूर्वी पृतना, इटहरीमा सुरु गरिएको हो। चार दिनसम्म सञ्चालन हुने सो कार्यक्रममा १४ जिल्लाका २३ जना सहभागी पत्रकारहरूलाई नेपाली सेनाको संरचना, जिम्मेवारी, भूमिका र मुख्य गतिविधि बारे जानकारीमूलक प्रस्तुति, विपद् प्रतिकार्य तथा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रमको उद्घाटन पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार के.सी.ले गरेका थिए । यस्ता कार्यक्रमबाट सञ्चारजगत् नागरिक र सैनिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार