Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बुद्धशान्तिका लोचन पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु

बुद्धशान्तिका लोचन पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज २५ २०८२


बुद्धशान्तिका लोचन पौडेलको मोटरसाइकल दुर्घटनामा मृत्यु

झापा । झापा बुद्धशान्तिका एक युवकको कपिलवस्तुको तौलिहवामा शुक्रबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । तौलिहवा गोरुसिंगे सडकखण्ड अन्तर्गत बुद्धभूमि नगरपालिका-२ गोरुसिंगे चोकमा साँझ ५ बजे भएको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालिकाका २७ वर्षीय लोचन पौडेलको मृत्यु भएको हो ।

उनी चढेको प्र १-०१-०१४ प १८६४ नम्बरको मोटरसाइकल बा प्र ०१-००३२ च ८७६६ नम्बरको ईभीमा ठोक्किएर फेरि लु ३ च ७५७ नम्बरको स्कोरपियोमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै गम्भीर अवस्थाका पौडेलको उपचारका लागि जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाइएको थियो । तर, चिकित्सकले साँझ ६ः१० बजे मृत घोषणा गरेका थिए । पौडेल हिमाल आरोहण गर्न भनेर चार जनाको टोलीसहित गएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार