Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

इलाममा विद्युत आपुर्ति र सडक चाडो संचालन गर्न मन्त्री घिसिङको निर्देशन

इलाममा विद्युत आपुर्ति र सडक चाडो संचालन गर्न मन्त्री घिसिङको निर्देशन

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज २५ २०८२


इलाममा विद्युत आपुर्ति र सडक चाडो संचालन गर्न मन्त्री घिसिङको निर्देशन

इलाम । भौतिक योजना तथा पुनर्निर्माणमन्त्री कुलमान घिसिङले भोलीसम्म मेची राजमार्ग खुलाउन र विद्युत् आपूर्ति गर्न निर्देशन दिएका छन् । इलाम नगरपालिका–१० राजदुवालीमा बाढीपीडितहरूको अवस्था बुझ्दै सडक सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

मन्त्री घिसिङले बाढीले प्रभावित क्षेत्रको अवलोकन गर्दै तत्काल बाढीले विस्थापित ३४ घरपरिवारलाई उनले राहत वितरण समेत गरे । अवलोकनका क्रममा मन्त्री घिसिङले प्रभावितहरूलाई चाँडो उद्धार, पुनःस्थापना र पूर्वाधार पुनर्निर्माणका कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

विस्थापितहरुलाई भेट्दै गृह सचिव रामेश्वर दंगालले प्रभावित परिवारका लागि तत्काल अस्थायी आवास बनाइने र त्यसपछि तीनै तहका सरकार मिलेर स्थायी आवास निर्माण गरिने बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले मेची राजमार्गमा बाढीले अवरुद्ध बनाएका खण्ड भोलिसम्म सञ्चालनमा ल्याइने बताउँदै अवरोध हटाउन मधुसुधन आचार्यको नेतृत्वमा प्राविधिक टोली खटाइएको जानकारी दिए ।

इलाममा हालैको भीषण वर्षासँगै आएको बाढी र पहिरोले सडक, विद्युत् लाइन र दर्जनौं घरमा ठूलो क्षति पु¥याएको थियो । विपद्मा परी इलाममा ७ स्थानीय तहका ३९ जनाको मृत्यु भएको छ । सयौं परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार