इलाम । तीन दिनदेखि सम्पर्कविहीन रहेकी इलाम नगरपालिका–८ तिल्केनीकी हेमन्ता दुलाल मृत फेला परेकी छन् । परिवारका अनुसार दुलाल मिति २०८२ असोज २० गते सोमबारदेखि सम्पर्कविहीन थिइन् ।
खोजतलासका क्रममा हिजो असोज २२ गते इलाम नगरपालिका–११ र माई नगरपालिका–९ गुनमुने नजिक माईखोला किनारमा उनको शव फेला परेको हो । शवलाई प्रारम्भिक अनुसन्धान र पोष्टमार्टमका लागि झापाको दमक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएकाे छ ।
विदेशमा रहेका परिवारका सदस्यहरूको अनुरोधअनुसार शवलाई एक दिन थप अस्पतालमै राखिएको छ । अन्तिम संस्कार आगामी असोज २५ गते शनिबार दिउँसो ११ बजे झापास्थित पवित्र कन्काईमाई घाटमा सम्पन्न गरिने परिवार स्रोतले जनाएको छ । दुलालको मृत्युको कारणबारे हाल प्रहरीद्वारा थप अनुसन्धान जारी रहेको जनाएको छ ।