Local Sandesh सोमबार, कार्तिक १७ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा प्राकृतिक विपत्तिपछि पुनर्निर्माणका लागि व्यवसायी संघहरूको संयुक्त अपिल

सूर्योदयमा प्राकृतिक विपत्तिपछि पुनर्निर्माणका लागि व्यवसायी संघहरूको संयुक्त अपिल

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज २२ २०८२


सूर्योदयमा प्राकृतिक विपत्तिपछि पुनर्निर्माणका लागि व्यवसायी संघहरूको संयुक्त अपिल

फिक्कल । अविरल वर्षाका कारण सूर्योदय नगरपालिकामा आएको बाढी–पहिरोबाट व्यापक जनधनको क्षति पुगेपछि स्थानीय व्यवसायी संघ–संस्थाहरूले पुनर्निर्माण र राहत सहयोगका लागि संयुक्त अपिल गरेका छन् । गत असोज १८ गते राति परेको अविरल वर्षाले सूर्यदय नगरपालिकाका विभिन्न स्थानमा सडक, विद्युत्, खानेपानी, यातायात, सञ्चार लगायतका पूर्वाधारमा गम्भीर क्षति पु¥याएको छ ।

यस प्राकृतिक विपत्तिबाट प्रभावित स्थानीयवासीलाई राहत र पुनर्निर्माणमा सघाउन सूर्योदय निर्माण व्यवसायी संघ, सूर्योदय होटल एशोसिएसन र सूर्योदय नगर उद्योग वाणिज्य संघले संयुक्त रूपमा अपिल जारी गरेका हुन् ।

संघहरूको संयुक्त अपिलमा सूर्योदय निर्माण व्यवसायी संघका अध्यक्ष ज्ञानबहादुर प्रधान, सूर्योदय होटल एशोसिएसनका अध्यक्ष प्रज्वल प्रधान, र सूर्योदय नगर उद्योग वाणिज्य संघका सचिव विक्रम श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

“यो प्राकृतिक विपद हाम्रो साझा जिम्मेवारी हो । एकताबद्ध सहकार्य र सहकायद्वारा हामी फेरि सुरक्षित र सबल सूर्योदय नगर बनाउन सक्छौं ।”

संघहरूले नगरका सबै संघसंस्था, व्यापारी, होटल व्यवसायी, समाजसेवी र स्थानीय समुदायलाई सहयोग र सहभागिताका लागि आह्वान गरेका छन् । उनीहरूले विपद्बाट प्रभावित क्षेत्रका समस्या समाधानका लागि दीर्घकालीन पुनर्निर्माण योजना अघि बढाइने बताएका छन् ।

संघहरूले सिद्धिखोला घाट क्षेत्रबाट पुनर्निर्माण कार्य सुरु गरिने उल्लेख गर्दै जन–धनको क्षति भएका परिवारहरूलाई राहत वितरण र संरचना पुनःस्थापनाको कार्य तत्काल अघि बढाइने भएको युवा समाजसेवी नगेन बुढाथोकीले जानकारी दिए ।

घाट निर्माणको लागि करिब ६ लाख रुपैया खर्च हुने अनुमान रहेको सूर्योदय नगर उद्योग वाणिज्य संघका सचिव विक्रम श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार