फिक्कल । माई नगरपालिका नगर कार्यपालिकाको बैठकले गत असार १८ र १९ गतेको बाढी पहिरो पिडित ८८ परिवारलाई राहत दिने भएको छ । नगर प्रमुख खम्बा सिं लिम्वुको अध्यक्षतामा सम्पन्न कार्यपालिका बैठकले विस्थापित परिवारलाई नगद १५ हजारका दरले तथा पुर्ण विस्थापितलाई २० हजारका दरले राहत दिने निर्णय गरिएको हो ।
राहत वितरण वुधवारवाटै शुरु गरिने माई नगर प्रमुख लिम्बूले जानकारी दिए । नगर भित्रमा विस्थापित ८८ परिवार रहेकामा ७६ परिवार विस्थापित र १२ परिवार पुर्ण विस्थापित रहेको जानकारी विपत व्यवस्थापन वैठकवाट संकलन गरेको थियो । मंगलवार नै नगर स्तरीय विपत व्यवस्थापन समितिले क्षति भएको वाटो, पुल, आवास लगायतको विवरण कार्यपालिका वैठक र जिल्ला विपत व्यवस्थापन समितिमा सिफारिस गर्ने निर्णय गरेको थियो ।


