Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा

मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज २१ २०८२


मनसुनी वायु कमजोर, पश्चिमी वायुले गराउने छ हल्कादेखि मध्यम वर्षा

इलाम । मनसुनी वायुको प्रभाव क्रमशस् कमजोर हुँदै गए पनि पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा वर्षा भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूमा पश्चिमी वायुको प्रभाव देखिन्छ । त्यसको प्रभावले हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गत २४ घण्टामा सबैभन्दा धेरै डडेलधुराको ज्यामिर खालमा ६१.२ मिलिमिटर वर्षा भएको छ । यसैगरी सिन्धुलीको मरिनमा पनि ५४ मिलमिटर वर्षा मापन भएको छ । पश्चिमी वायुको प्रभावले आज र भोलि पनि पश्चिम नेपालमा हल्कादेखि मध्यम र अन्य ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदहरु बताउँछन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी । तराई भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना समेत छ ।

महाशाखाका अनुसार आज राति पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी तराई भूभागका एक–दुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना छ ।
बाहिरिन थालिसक्यो मनसुन
नेपालबाट पूर्वी वायु अर्थात मनसुन भने बाहिरिन सुरु गरिसकेको छ । हिजो असोज २० गते सुदूरपश्चिम र कर्णाली प्रदेशबाट पूर्णरुपमा मनसुन बाहिरिसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हिजो नै लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालका बाँकी भूभागबाट पनि केही दिनमै मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुलाई १३ र बाहिरिने सरदर मिति अक्टुबर २ तारिख हो । तर यस वर्ष सरदर मितिभन्दा १५ दिन छिटो अर्थात् मे ३० तारिख (जेठ १६ गते) नेपाल भित्रिएको मनसुन सरदर मितिभन्दा चार दिन ढिलो अर्थात् अक्टुबर ६ तारिख (असोज २० गते)देखि बाहिरिन सुरु गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार