Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकाले विपदमा परी ज्यान गुमाउने परिवारलाई दुई लाख राहत दिने

सूर्योदय नगरपालिकाले विपदमा परी ज्यान गुमाउने परिवारलाई दुई लाख राहत दिने

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज २० २०८२


सूर्योदय नगरपालिकाले विपदमा परी ज्यान गुमाउने परिवारलाई दुई लाख राहत दिने

इलाम : इलामको सूर्योदय नगरपालिकाले विपदका कारण ज्यान गुमाउने परिवारलाई प्रत्येकलाई दुई लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । साथै, सोही परिवारका थप सदस्यको मृत्यु भएमा प्रति सदस्य थप एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।

नगरप्रमुख एवम् नगर विपद व्यवस्थापन समिति अध्यक्ष रणबहादुर राईको अध्यक्षतामा आइतबार भएको बैठकले सो निर्णय गरेको हो । त्यस्तै, विपतका कारण विस्थापित भएका घरपरिवारलाई तत्काल सुरक्षित स्थानमा सार्ने र आवश्यक राहत सामग्रीहरू तत्काल उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

नगरपालिकाको तर्फबाट उद्धार र राहत कार्यमा कुनै ढिलाइ नहोस् भन्ने उद्देश्यले सम्बन्धित वडालाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइएको छ।

बैठकमा विपत व्यवस्थापनलाई प्रभावकारी बनाउन, जोखिमयुक्त क्षेत्रको पहिचान तथा दीर्घकालीन पूर्वतयारी योजनाबारे पनि विस्तृत छलफल गरिएको थियो ।

समितिले आगामी दिनमा उद्धार तथा राहत संयन्त्रलाई सुदृढ बनाउँदै स्थानीय स्तरमै तत्काल प्रतिक्रिया दिने प्रणाली विकास गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार