इलाम । प्रतिकेजि ८ रुपैयाँमा समेत चियाको हरियो मूना बिक्रि नभएपछि इलाम साँखेजुङ्ग की मिलनकुमारी खत्रिले आफै चिया प्रशोधन गर्ने निणर्य गरिन् । हरियो चियाको मुना त आफ्नै बारिको थियो । उनी भन्छिन् उतीखेर चियाको मुनालाई कसरि सुकाउने र तयार गर्ने भन्नेमा थाहा थिएन । शुरुमा चिया कारखानाले हरियो चियाको मुना प्रतिकिलो ४० रुपैयाँमा बिक्रि हुन थालेपछि खाध्यबालि मासेर चियाको खेती गर्यो । उनी भन्छिन् चिया खेती शुरु गर्दा ४० रुपैयाँमा बिक्रि हुदै आएको हरियो मुना आफ्नो बारिको उत्पादन हुन थालेपछि ८ रुपैयाँमा झर्यो । त्यो पनि राम्रो मुना भएन भन्दै कारखानाको दिनैपच्छिेको गालि सहन नसकेर आफै चिया बनाउने निर्णय पुगिने उनी ।

तयारी चिया बनाएर बजारमा पु¥याउन उतीखेर सजिलो थिएन । उनी भन्छिन् आफुसँग लगानीको गर्ने पैशा नभएपनि हिम्मत नहारी दिनभर घाँममा र बेलुकी चुृल्होमा चियाको मुना सुकाएर तयारी चिया बनाए । चैत्र र बैशाख महिनामा घाममा चियाका मुना सुकाएर तयार पारे जेठ,असार र साउन महिनामा चुल्होमा मुना सुकाएर चिया बनाएको चिया गाउँमै बिक्रि भयो । यसरी तयार पारेको चिया प्रतिकेजी २ सय रुपैयाँमा बिक्रि गर्दा पनि फाइदै भयो । उनी भन्छिन् अनुमानका भरमा बनाएको चियापनि राम्रो मूल्यमा बिक्रि भएपछि उल्साहा भयो । त्यसपछि टिनको पातामा चिया सुकाएर तयार गरे । आफ्नै बारिमा उत्पादन हुने हरियो मुना प्रशोधन गर्दै आएकी मिलनकुमारी खत्रीले अहिले ६० जना किसानको हरियो मुना प्रशोधन गर्दै आएकी छन् ।
शुरुमा लेकको आलु, छुर्पी र ध्यू सँग चिया साटेर भएपनि आफ्नो लगानी उठाउने योजना थियो उनको । उनी भन्छिन् सानो उदेश्यले चिया तयार पारेपनि शुरुकै वर्ष इलामका बजारमा आउने देश बिदेशका पर्यटकले मन पराएर माग बढ्यो । त्यसपछि घरेलु तथा सना उद्योग विकास समिति इलामले प्रदर्शनीमा सहभागि हुन बोलाएपछि चियाको बजार निकै बढ्यो । उनी भन्छिन् उद्योग दर्ता गर्नुपर्छ भन्ने थाहा थिएन पछि घरेलुको औद्योगिक प्रदर्शनीमा पुगेपछि थाहा भयो । औद्योगिक प्रदर्शनी बिक्रिमा लगेको चियाबाट प्राभावित भएर घरेलु तथा साना उद्योग विकास समितिले रोलिङ्ग मेसिन सहयोग गरेको उनी बताउँछिन् । रोलिङ्ग मेसिन प्राप्त भएपछि उद्योगमा चिया प्रशोधन सहज भएको थियो । शुरुका वर्ष तीन सय किलो तयारी चिया बिक्रि गरेपनि वर्षैपिच्छे माग बढ्दै गएकाले प्रशोधन बढाएको उनी बताउँछिन् ।
२०६५ सालमा काठमाडौँमा सम्पन्न औद्योगिक प्रदर्शनीमा सहभागि हुदाको तितो यथार्थ छ उनमा ।
प्रदर्शनीमा सहभागि भएपछि स्टलमा आउने धेरैले चियालाई गुन्द्रक भनेर खिल्लि उडाएको उनको गुनासो छ । दैनिक ५० किलो हरियो मुना सुकाएर चिया बनाउन थालेकी मिलनकुमारी खत्रिले अहिले दैनिक एक हजार किलोसम्म प्रशोधन गर्न सक्ने उद्योग स्थापना गरेकी छन् । उनको उद्योगले लेकाली कृषि सहकारी संस्था, प्रगतिशिल कृषक समूह र सिर्जनसिल कृषक समुहमा आवद्ध किसानबाट हरियो चियाको मुना खरिद गरेर प्रशोधन गर्दै आएको छ । उद्योगमा हरियो चियाको मुना ल्याउने किसानलाई ठुलो चिया कारखानाको भन्दा बढी मूल्य दिने गरिएको छ ।
उद्योगमा किसानले प्रतिकिलो ६० रुपैयाँमा हरियो मुना बिक्रि गर्दै आएका छन् । पूर्णरुपमा जैविक तरिकाले उत्पादन भएको हरियो चिया पत्ति प्रशोधन गरि तयार पारेको चिया रुसमा निर्यात हुने गरेको छ । उद्योग स्थापना भएपछि चिया बिक्रिका लागि कुनै समस्या छैन । उद्योगमा गत साल ५ हजार चिया उत्पादन गरेको मलिनकुमार खत्रिले बताइन् । उनको उद्योगमा ग्रीन टि, ह्वाट टी र ब्लायक टि तयार गरिदै आएको छ । उद्योगमा तयार पारेको ह्वाइट टि नेपाली तीन हजार पाँच सयमा बिक्रि हुने गरेको छ ।
उनी उद्यमी मात्र नभएर गाउँमा जैविक चिया उत्पादनका लागि अभियानकर्ता पनि हुन् । जुनबेला ठुला कारखानाबाट उत्पादित चिया भारतका बजारमा बिक्रि हुन मुस्किल थियो उसबेला उनको चिया रुस निर्यात हुदै आएको थियो । रसायनीक मल प्रयोग गरेको चिया तेस्रो मुलक निर्यात ठप्प भएका बेला रुसमा चिया निर्यातबाट राम्रो आम्दानी भएको उनी बताउँछिन् । उद्योग स्थापना भएपछि गाउँका चार जनाले १२ महिना नै रोजगार पाएका छन् । सिजनमा १५ जनालाई रोजगार दिएको छु । उनी भन्छिन् अरुको भर पर्नुभन्दा आफै केही गर्ने प्रयास गरे अवश्व सफल भइनेरछ ।