Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका स्थित पुवाखाेला बजारकाे सडकमै बच्चाको जन्म

इलाम नगरपालिका स्थित पुवाखाेला बजारकाे सडकमै बच्चाको जन्म

  • सुजन तिमल्सिना
  • बुधबार, साउन २३ २०७५


इलाम नगरपालिका स्थित  पुवाखाेला बजारकाे सडकमै बच्चाको जन्म

इलाम । इलाम नगरपालिका ३ निवासी एक महिलाले सडकमै बच्चा जन्माएकी छन् । सुत्करी गराउन अस्पताल जाँदैगर्दा इलाम नगरपालिका ३ निवासि रामचन्द्र थापाको श्रीमती गोमा थापाले सडकमै बच्चाको जन्म दिएकी हुन् ।

घरबाट अस्पताल ल्याउने क्रममा पुवाखोला बजार आइपुगेपछि सुत्केरी व्यथाले च्यापेपछि स्थानीय महिलाहरुको सहयोगमा सडकमै बुधबार बिहान महिलाले बच्चाको जन्म दिएको इलाम नगरपालिका ४ का वडाध्यक्ष नुतनदेव दुलालले बताए ।

स्वास्थ्य संस्थामा लाँदैगर्दा पुवाखोलाबजार आएपछि सुत्केरी व्यथाले च्यापेपछि महिलाले बिच सडकमै बच्चालाई जन्म दिएको उनले बताए । इलामका ग्रामीण क्षेत्रमा बसोबास गर्ने बासिन्दाले स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सम्बन्धि सेवा लिन धाउनुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार