Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

गुलाम अलीको तीन पुस्ताको स्वरमा ‘गजल उनकै गीत उनकै’

गुलाम अलीको तीन पुस्ताको स्वरमा ‘गजल उनकै गीत उनकै’

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज ८ २०८२


गुलाम अलीको तीन पुस्ताको स्वरमा ‘गजल उनकै गीत उनकै’

काठमाडौंँ : प्रसिद्ध गजल गायक गुलाम अली खानका तीन पुस्ताको स्वर रहेको नेपाली गजल गीत ‘गजल उनकै गीत उनकै’ को भिडियो सार्वजनिक गरिएको छ।

गुलाम अली, छोरा आमिर गुलाम अली र नाति नाजिर आमिर गुलाम अलीको आवाजमा रहेको गजलको भिडियो मंगलबार साँझ कमलपोखरीस्थित बिग मुभिजमा सार्वजनिक गरिएको हो।

मनोज खड्काको शब्द रहेको गीतमा संगीत मिलन मोक्तानले दिएका छन्। गीतको एरेन्ज किरण खरेलले गरेका हुन् । गीतमा दिपक घिमिरे र वर्षा कुवँरले अभिनय गरेका छन्।

केही अगाडि एक सांगीतिक कार्यक्रममा नेपाल आएका गुलाम अलीत्रयले यो गीत गाएको कार्यक्रममा संगीतकार मोक्तानले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार