Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय– १० लाई पूर्वी इलामको व्यपारिक र प्रशासनिक हवको रुपमा विकास गर्दैछाै :वडाध्यक्ष लामा

सूर्योदय– १० लाई पूर्वी इलामको व्यपारिक र प्रशासनिक हवको रुपमा विकास गर्दैछाै :वडाध्यक्ष लामा

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज ६ २०८२


सूर्योदय– १० लाई पूर्वी इलामको व्यपारिक र प्रशासनिक हवको रुपमा विकास गर्दैछाै :वडाध्यक्ष लामा

पेमा उगेन लामा (भाइचुङ) सूर्योदय नगरपालिका–१० का वडाध्यक्ष हुन् । हाल उनी दोश्रो कार्यकालका वडाध्यक्षको रुपमा आफ्नो जिम्मेवारी निभाइरहेका छन् । २०७४ मा नेकपा एमालेबाट निर्वाचित भएका लामा विद्रोहपछि २०७९ मा नेकपा एकिकृत समाजवादीबाट निर्वाचित भएका हुन् । पूर्वी पहाडको सबैभन्दा ठुलो नगरपालिकाको केन्द्र रहेको वडाको वडाध्यक्षसंग विकास निर्माण र आगामी कार्ययोजनाको बारेमा गरिएको सन्देश सम्वाद
तपाइको राजनीतिक यात्रा कसरी सुरु भयो ?
सुरुबाट निरन्तर समाजसंग जोडिएर सामाजिक कार्यकर्ताबाट सुरु गरेको हो । लामो संघर्षमा नेपाली युवाको आन्दोलनमा युवा संघ र प्ररायु सगठनबाट अग्रगामी परिर्वतन गर्न युवाहरु माझमा परिचित हुँदै सुरु गरेको थिए । पहिला नेकपा एमालेबाट सुरु गरेर गाविसबाट गाउँ कमिटि सदस्य, सचिव हुँदै जिल्ला कमिटि हुँदै बिद्रोहपछि नेकपा एकिकृत समाजवादीसंग आवद्ध हुँदै आइपुगको हो । दोश्रो कार्यकाल पनि हो ।  खेलकुदको क्षेत्रमा एक कार्यकाल जिल्ला खेलकुद विकास समितिको कोषाध्यक्षको रुपमा जिम्मेवारी निर्वाह गर्दै त्यसपछि निर्वाचनपछि राजिनामा दिएर दोश्रो कार्यकाल वडाध्यक्षको रुपमा सम्हालिरहेको छु ।

७४ मा निर्वाचनमा वडाध्यक्ष निर्वाचनमा युवा मान्छे निर्वाचित हुने सम्भावना छैन् । केन्द्र भएका तपाई भन्दा अग्रज हुनुहुन्छ त्यसलाई छिचोल्दै निर्वाचित हुनुभयो । दोश्रो कार्यकाल सम्हाल्दै गर्दा वडा नं १० को सम्भावना के रहेछ त्यसलाई अवसरको बदल्ने र चुनौती के रहेछ ?
वडा नं १० सूर्योदय नगरपालिकाको व्यपारिक केन्द्र पनि हो । पर्यटकीय नगर भएपछि अन्य पालिकाको प्रवेशद्धार पनि हो । पश्चिमको प्रवेश विन्दु भएकाले पर्यटनको रुपमा समेत विकास गर्न सक्छौ । संगै व्यपारिक केन्द्रको रुपमा विकास गर्नुपर्छ भन्ने मान्यता छ । सूर्योदय नगरपालिका–१० केन्द्र विन्दुमा रहेपछि पूर्व क्षेत्रको कार्यालयको केन्द्रको रुपमा विकास गर्न चाहिरहेको छौ । नगरको प्रयासमा नगरलाई हुने गरि इलाका प्रशासन कार्यालय पशुपतिनगरमा ल्यायौ । नगरमा क्षेत्रीय मालपोतको विकास गर्न सक्छौ । अहिले अस्पताल पनि बनाइरहेका छौ ।

१४ वटै वडाको केन्द्रविन्दुमा भएपछि मोमेन्ट विकास गर्न सकिन्छ । स्थानीय उत्पादनलाई बजारीकरण गरेर व्यपारिक हवको रुपमा विकास गर्ने चेष्टा गरेका छौ । वडा नं १० हेर्दा समग्र सूर्योदयलाई इंगित गरेर बोल्नुपर्छ केन्द्र विन्दुमा भएकाले । १४ वटै वडाको मुटु भएकाले यहाँको गतिविधिले सबै वडामा प्रभाव पार्छ ।

दोश्रो कार्यकालसम्म आइपुग्दा मुटुलाई सफा गर्ने काममा वडा नं १० का मुख्य मुख्य उलब्धीहरु के छन् ?
नगरले प्रशासकिय नगरपालिका व्यवस्थित गर्ने कार्य गरिरहेको छ । स्वास्थ्यको क्षेत्रमा यस बर्ष सम्पन्न गरेर नगरको समग्र स्वास्थ्यलाई मध्यनगरले गरेर फिक्कल अस्पताललाई १५ शैयाको स्तरबृद्धि गरेका छौ । दैनिक ३ सय नगरसंग जोडिएका पालिकाले सेवा लिने केन्द्रको रुपमा विकास गरिरहेका छौ । विरामीको चापका कारण स्वास्थ्यमा आर्थिक क्रियाकलाप अभिवृद्धि हुने कुरा छदैछ । नमुना फिक्कल माध्यमिक विद्यालयमा भौतिक रुपमा सम्पुर्ण कार्य गरिरहेका छौ ।

अबको चरणमा शैक्षिक गुणस्तरमा बृद्धि गर्ने नमुना फिक्कल माध्यमिक विद्यालय बनाउने कार्य गरेका छौ । समग्र वडा नं १० लाई पर्यटकीय हब बनाउन व्युटिफिकेसनको कार्य गरिरहेका छौ । अझ साना गन्तव्य थप्न सकिन्छ भनेर सिमपानी क्षेत्र, स्वामि पार्क, माथिल्लो बजारसंगै फिक्कल बजार मात्र नभए समग्र सूर्योदय नगरपालिकाको फाहोरमैला व्यवस्थापन गरेर सफा सूर्योदय नगरपालिका बनाउन सकिन्छ भनेर पिएलजेएसपी अथवा प्रदेश सहयोग कार्यक्रम अन्र्तगत फोहोरमैला व्यवस्थापन परियोजना गरिरहेका छौ । भविष्यमा फोहोरलाई मोहरमा बदल्ने सेग्रिगेसन गरेर कुहिने र नकुहिने फाहोर समुदायसम्म पुगेर व्यवस्थापन गर्ने प्रयत्नरत छौ ।

भौतिक पूर्वाधारमा वृहत रुपमा काम गरेका छौ । वडा नं १० प्राथमिताको आधारमा बाटो बनाउने कार्य गरेका छौ । सूर्योेदय नगरपालिकाको सडक गुरुयोजनामा जोडेर कालोपत्रे गर्ने र कालोपत्रे नसकेको खण्डमा बाह्रमासे गर्ने गरेका छौ । कृषि क्षेत्रमा बेमौसमी खेतीमा प्राथमिकता राखेर सूर्योदय नगरपालिकासंग जोडिएका भित्री बस्ती आहाले, आरुबाटे, याङ, मलिम क्षेत्रमा कृषि उत्पादन अभिवृद्धि गर्न विभिन्न कार्यक्रम गरिरहेका छौ ।

पशुपंक्षीमा काउजोन अन्तरगत वृहत कार्यक्रम गरिरहेका छौ । नगर र वडाले लम्पी स्किन न्युनीकरणका लागि खोप र खोरेतमुक्त नगरपालिका बनाउन सक्रिय रुपमा लागेका छौ । मौसमी भन्दा बेमौसमी खेतीमा अघि बढाउँदा आयआर्जन र आर्थिक लाभ बढि हुने भएकाले त्यसमा लागि रहेका छौ ।

तपाईको वडामा सडकहरु कति वटा छन् ?
यहाँ २६ वटा टोलमा मुख्य सडक भनेको मेची राजमार्गले सूर्योदय नगरपालिकालाई २ भागमा विभाजित गरेको छ । शाखाबाटोको रुपमा रहेको जोगमाई मार्ग, फिक्कल–मलिम–जुरेभञ्ज्याङको रोङ मार्ग त्यससंग सम्बन्धित रहेको साना बाटो र सूर्योदय रिङ रोड गरेर मुख्य ४ वटा बाटो भयो त्यो संगैका शाखा बाटोमा अलवेदरको कार्यक्रम चलिरहेका छन् ।

भौतिक पूर्वाधार निर्माण समितिको संयोजक हुनुहुन्छ । फिक्कल रिङ रोड मर्मत नभएर यातायातमा असहज भएको छ पुरा पनि हुन सकेको छैन् । अब रिङ रोड पुरा कहिले हुन्छ ?
सूर्योदय रिङ रोड बहुबर्षे प्रोजेक्टको रुपमा लिएका छौ त्यो बृहत छ । साविकको कन्यामा गाविस, फिक्कल गाविस र पञ्चकन्या गाविस जोडेर बनेको रिङ रोड हो । सूरुवातमा यस क्षेत्रमा सांसद झलनाथ खनालको सांसद विकास कोषको लगानीमा सुरु गरेका थियौ । त्यसपछि नगरपालिकाले बृहत रुपमा लगानी गरेको छ । अघिल्लो चरणमा शान्ति गोलाई–शान्ति चोक भनेर ट्रयाक खोल्ने काम ग¥यौ । अहिले २ फेजमा कालोपत्रे गर्ने चरणमा पुगिरहेका छौ ।

नगरपालिकाले ५० करोड संघीय भौतिक पूर्वाधार मन्त्रालयबाट पायौ अहिले करिब १ किलोमिटर कालोपत्रेको काम संचालन गरेका छौ । शान्ति गोलाई–शान्ति चोक मेची राजमार्गको बाया तर्फको क्षेत्र जुन चाहि नगरको बाइसपासको रुपका काम गर्ने सडक तीनघरेसम्म प्रोजेक्टलाई पूर्ण संचालन गर्न आवश्यक बजेट माग गर्ने कुरा र संघीय सरकारलाई ताकेता गर्ने गरिरहेका छौ । नगरपालिकाले लगानी गरेर सनराइज गोलाइबाट बरबोटे फिक्कले खोल्सासम्म कालोपत्रे संचालन गरेका छौ । त्यमा केही समस्या आएको छ ।

भौगोलिक हिसाबले हेभी गाडी कुदने भएकाले जिर्ण भएको छ । यस आबमा मर्मत गर्न लागेका छौ । अघिल्लो आवमा पनि ठाउँठाउँमा आरसीसी गर्ने भनेर लाग्यौ त्यसमा नपुगेर फेरी गर्नुपर्ने अवस्था देखिएको छ । रिङ रोडको एउटा क्षेत्रमा समस्या आएको छ ट्रयाक खोल्न बाँकी छ । रिङ रोड योजना सम्पन्न हुन्छ समग्र सूर्योदय नगरपालिकाको भौतिक रुपमा गुरुयोजनामा काम गरिरहेका छौ ।

यसमा दिर्घकालिन योजना बनाउन नसक्दा क्षणिक हुने रहेछ उपलब्धीको हिसाबमा कार्ययोजना बिना अधुरो हुने नगर प्रमुखको रणनीतिको हिसाबमा काम गरिरहेका छौ । गुरुयोजना अनुरुप क्रमागत बजेट हाल्ने कार्य गरिरहेका छौ । ३ तहका सरकार मिलेर गुरुयोजनामा प्रक्रियागत कार्य गर्न अघि बढिरहेका छौ ।

वडा नं १० केन्द्र भएकाले सहरीकरण बढ्छ । अहिले टाउन प्लानिङको हिसाबले नगरले गूरुयोजना बनाएको छैन् यसमा किन ढिलाई भइरहेको छ ?
जुन प्लानिङ भन्नुभएको छ वृहत योजना अन्र्तगत नै आएको छ । हामीले के परिकल्पना गर्नुहूँदैन । तराई क्षेत्रको टाउन प्लानिङ र पहाड क्षेत्रमा फरक हुन्छ । अहिलेको हिसाबमा मेची राजमार्गले सूर्योदय नगरपालिकालाई २ भागमा विभाजित गरेकोछ । नगरको बाहिरको पुरानो बाटो र त्यस भन्दा बाहिर सूर्योदय रिङ रोड यसलाई हामीले ३ लेयरमा प्लानिङ गरेका छौ ।

प्राविधिकसंग बस्दा नगर क्षेत्रको सहर कसरी विकास हुन्छ भनेर सल्लाह भइरहेको छ । अबको बजार बढ्ने भएनेको फिक्कल बजार डाँडामा रहेको अलि तल गएर रिङ रोड आसपास बजारीकरण विकास गरिरहेका छौ । आहाले आरुबाटो क्षेत्रमा विस्तार हुँदैछ याङको रोङ मार्गमा विस्तार हुँदैछ । फिक्कल क्षेत्र मेची राजमार्ग हिलो देखिरहेका छौ । यो आबमा सडक डिभिजनसंग सहकार्यमा बजारको १ किलोमिटर क्षेत्र एकपटी मात्र नाली छ दुई पट्टी नालीको काम गछौ ।

पुरानो बाटो खोतलेर नयाँ बाटो कार्पेटिङको कार्य अघि बढाइसकेको छु । यहि आर्थिक बर्षमा काम हुनेछ । राजमार्गमा अलिकति व्युटिफिकेसनको कार्य गर्नेछौ । रिङ रोडको बाहिरी क्षेत्र र शाखा बाटो कालोपत्रे गरिरहेका छौ अहिले रहेको वडा कार्यालय आहाले आरुबोटे हुँदै माईजोगमाई जाने मार्ग छ । जोगमाई र रोङ मार्गमा बजार विकासको कार्य गरिरहेका छौ । सिमापानीसम्मको क्षेत्र वृहत रुपमा विकास गर्ने कार्ययोजना छ ।

सडक भन्दा बाहिर बनाउने अभ्यास हुन्छ । तपाईहरुलाई नयाँ भएकाले अवसर छ । सडक केन्द्रीत विकास ग¥यौ भने पछि सडक विस्तारमा घरमा क्षति पुग्ने, सडक कानुनले समस्या हुन्छ । सहरीकरणको क्षेत्र कुन कुन हो ?
हाम्रो कन्सेप्ट पहाडी क्षेत्रमा लेन्ड पुलिङ गर्न सम्भावनाको बारेमा अध्ययन गरेर वडा नं १० मा फरक हिसाबमा गर्न सकिन्छ की भन्ने प्रयास गरे । ४÷५ जनाको जग्गा एकमुष्ट गरेर व्यवस्थित सहर बनाउन घडेरी निर्माण गरेर गर्ने प्रक्रियामा प्रयत्न गरेका छौ ।

नगरपालिकाले वृहत कार्यक्रम अन्र्तगत व्यवस्थित बस्ती वडा नं ४ अन्तुमा ल्याएको छ । फिक्कल बजार पुरानो बजार भएकाले जग्गाको मुल्यांकन बढि छ । पहिलो बस्ती विकास भएको समस्या हुने रहेछ । नयाँ बस्ती विकासमा कार्ययोजनाको रुपमा लिएका छौ ।

सहरीकरण बढेसंगै फोहोरमैला व्यवस्थापन र पार्किङ समस्या छन् । यसलाई २६ वटा टोललाई परिचालन गरेर फोहोरमैला व्यवस्थापन र पार्किङ क्षेत्रमा कसरी काम गर्दैछौ ?
समग्र नगरको फोहोर व्यवस्थापनमा प्रदेश र दातृ निकायमा ३ तह सरकार मिलेर कार्यक्रम गरेका छौ । फोहोर फाल्ने ठाउँलाई व्यस्थित गरेर नगन्हाउने र सुव्यवस्थित ठाउँमा विकास गर्न सकिन्छ भन्नेमा कार्ययोजना लिएका छौ । वडा नं १० विरिङ खोला छेउ रमितेमा जग्गा लिएका छौ । त्यसमा व्यवस्थित काम र परियोजना संचालन गरेका छौ । केही दिन अघि फोहोरमैला व्यस्थित गरेका ४÷५ वटा नगरपालिका उपप्रमुखको संयोजकत्वमा भ्रमण गरेका छौ । अन्य पालिकाको अभ्यासलाई हेरेर कार्ययोजना कसरी अघि बढ्छ भने लागेका छौ ।

विशेष गरेर समुदायमा आधारित टोल, विद्यालय र बालबालिकालाई कार्ययोजनामा सचेत गराउनुपर्छ भनेर परियोजनाको प्रमुख साझेदारको रुपमा रणनैतिक रुपमा लिएका छौ । घरमा फोहोरलाई व्यवस्थापन प्रविधि ल्याएर डम्पिङ साइटमा गएर सेग्रिगेसन गरेको फोहोरलाई पुनप्रयोग गरेर मोहरमा परिणत गर्ने र कुहिने फोहोरलाई मलमा परिणत गरेर कसरी आम्दानी गर्न सकिन्छ भनेर विशेष ध्यान दिएका छौ । वर्तमान समयमा जनशक्ति अभाव, पहुँचको हिसाबमा बर्खा लागेपछि फोहोर नउठने दुरीको हिसाबले डम्पिङ साइटसम्म नपुग्ने भएकाले बर्खाको समयमा केही ढिलो हुन्छ । त्यसलाई न्युनीकरण गर्न वहृत गुरुयोजना बनाएका छौ ।

परियोजना संचालन भएपछि फोहोरको समस्या पूर्ण रुपमा समाधान गर्ने गरि काम गरिरहेका छौ । बसपार्कको सन्र्दभमा धेरै प्रयोग गरेर २ बर्ष अघि ट्याक्सी पार्क लिएका छौ । सरकारले लिएको योजना कार्यान्वयन गर्न सकेनौ भने जनस्तरमा सहयोगको अपेक्षा गर्दछु । बस चालक, टयाक्सी चालक, ट्याम्पो चालकहरुलाई के अनुरोध गर्न चाहन्छु भने बजारलाई व्यवस्थित गर्न जिम्मेवार हुनुहुन्छ । नगरपालिकाले मात्र ट्राफिक व्यवस्थापनमा काम गर्नपर्छ भन्ने हैन् ।  सबैको समस्या पहाडी क्षेत्रमा व्यवस्थित बसर्पाक बनाउन समस्या छ । नगरपालिकाले कृष्ण मन्दिर छेउमा जग्गाधनीलाई मनाएर पार्किङ व्यवस्थापन ग¥यौ । तर सहकार्य हुन नसक्दा अन्य प्रयोजनामा प्रयोग गर्नुपरेको छ ।

सहजताको लागि बाइपास रोड पनि खोलेका छौ । तर आफ्नो सहजताको लागि सडक बिचमा गाडी रोक्ने, दुर्घटना र ट्राफिक व्यवस्थापनमा ख्याल नगरि पार्किङ गर्दा सौन्दर्यकरणमा कति असर पुगेको छ सबै विधित नै छ । अहिले रहेको ठाउँमा सबै सचेत भएर लाग्यौ भने राजमार्गमा नै व्यवस्थित गर्न सकिन्छ । इच्छा शक्तिको कमी रहेको जानकारी गराउन चाहन्छु ।

तपाईको वडामा पनि साना सिचाई कार्यक्रम संचालन छ । यसको उपलब्धी के छ सिचाई सबै वडा भित्र सिञ्चित हुने अवस्था क छ की अझै बाँकी छ ?
सूर्योदय समग्र कृषिमा बजेटका कार्यक्रम सम्पूर्ण किसानका लागि ल्याएका छौ । साना सिचाई ३ तहको सरकार र दातृ निकायको लगानीमा सफल कार्यक्रमको रुपमा लिएका छौ । वडा नं १० मा ३ वटा आयोजना संचालन गरेका छौ । यसको उपलब्धी त्यस क्षेत्रमा पृष्ठपोषण लिन सक्छौ । बर्षौ देखि बन्द भएको कुलो पक्की संरचना बनाएर संचालन गरेका छौ । अलैची, आलु र बेमौसमी कृषिमा प्रभाव परेको छ ।

कृषकलाई एक ठाउँमा गोलबद्ध गरेर बजारीकरणमा टेवा पुगेको छ । एउटा परियोजना करिब २ करोडको हुन्छ । त्यसको अतिरिक्त आवश्यकताको हिसाबले याङ र मलिममा अभाव देखिएको छ । प्राकृतिक हिसाबले पानीको अभाव नै देखिएको छ । तर माननीय खिनु लङवाको सहकार्यमा सिचाई डिभिजन कार्यालयको सहकार्यमा स्वामि पार्क बोझोघारीको पानीलाई एकै पटक फिक्कल पञ्चकन्या स्कुल मेहेलबाटो सम्म कसरी ल्याउने भन्दा साना सिचाई भन्दा बृहत रुपमा ड्याम बनाएर ल्याउन सकिन्छ भन्ने प्लान बनाएका छौ ।  दातृ निकाय वल्र्ड बैंकसंग कुरा भएको छ उपयुक्त समय र सरकार आउँदा उपलब्धी गर्न सकिने डिपिआर रहेकाले समयसंगै अघि बढ्नेछ ।

बाह्रमासे सडक वडाको बजेटबाट विगत ७ बर्षबाट निर्माण भइरहेको छ । अन्य सडकहरु पनि संघ र प्रदेशसंग समन्वय भएका छन् । सूर्योदयमा चिया र दुध संलकन गर्न पुग्नै पर्ने साना सडक स्तरोन्नतीमा ढिलाई भएको गुनासो छ । यसलाई कसरी निर्माण गछौ ?
सुनपाको वडाको बजेटको करिब ५० प्रतिशत बजेट एउटा अलवेदर सडकको सफल परियोजना छ । १४ वटै वडामा पक्की संरचना छरछारे बजेट भन्दा सफल परियोजनाको रुपमा लिएका छौ । करिब ८ बर्ष यस क्षेत्रमा बजेट हालेको छौ । एउटै क्षेत्रमा बजेट हाल्दा अन्य क्षेत्रलाई प्रभाव परेको भन्ने बिषयमा बजेट बाड्ने बेलामा कार्यपालिकामा वकालत गर्ने गरेका छौ । अन्य शाखा बाटोलाई ध्यान नदिएको भन्ने हैन् । वडा नं १० भित्रको हरेक बाटोलाई बाह्रमास चल्ने सृजना गरेका छौ । संघ र प्रदेशको समन्वयमा लागि परेका छौ । क्रमागत अलवदेर बनाउन छौ । पक्की नाली र हिलोरहित बाटो निर्माण गर्ने चरणमा छौ ।

नपुगको क्षेत्रमा क्रमागत रुपमा गरिरहेका छौ । १० वटा बाटोलाई १÷१ लाख दिनु भन्दा एउटा बाटोलाई पूर्णता दिन १० लाख दिँदा १४ वटै वडामा एउटा पक्की सडकको पहुँच छ । कम्तीमा त्यस क्षेत्रका एम्बुलेन्स र दमकल पुग्ने सुनिश्चिता गरेका छौ ।

वडा न १० मा काठका पोल विस्थापनको कार्यक्रम कस्तो छ ?
निरन्तर प्रयत्न गरेका छौ । यसको समस्याको जड अवगत गराउँदा पर्याप्त जनशक्ति छैन् । नगरको पहलमा पोल आएको छ । वडाबाट सिफारिस गरेको लगेको पोल टोलहरुमा लडिरहेको छ । यहाँ सबस्टेनसमा पर्याप्त जनशक्ति नहुँदा ठाडो हुन सकिरहेका छैन् । फिक्कल सबस्टेसनलाई वितरण केन्द्रमा स्तरोन्नतीमा निरन्तर लागिरहेका छौ ।

वडा नं १० मा ५० ठाउँमा जोखिमयुक्त पोलहरु रहेको छ । प्रतिस्थापन र नयाँ विस्तारको काम गरिरहेका छौ । विद्युतमा स्थानीय तह मातहतको कार्यालय नभएकोले बाधा छ । वितरण केन्द्र बनेपछि पर्याप्त पोलहरु र जनशक्ति आउने भएकाले पहलकदमी भइरहेको छ ।

तपाईहरुको कार्यकाल सकिरहँदा वडा नं १० को मुहार कस्तो पाउँछौ ?
अहिले सूनपालाई वृहत रुपमा विकासको हिसाबमा समाजको आयआर्जन ल्याउन सकिन्छ भन्ने कार्यक्रम ल्याएका छौ । दोश्रो कार्यकालको अन्तिम चरणमा आइपुग्दा सुरु गरेको कार्यक्रम सम्पन्न गर्ने ध्यान छ । शान्ति गोलाई शान्ति चोक रिङ रोड छ त्यसलाई व्यवस्थित गछौ । त्यसको कालोपत्रेको लक्ष्य लिएका छौ । फिक्कल देखि जोगमाई मार्ग बैकल्पिक राजमार्गको रुपमा निरन्तर प्रयास गरिरहेका छौ । यस बर्ष प्रदेश सरकारसंग तादम्यता मिलेन । प्रदेश सरकारसंग वडा नं १० को गुनासो रहेको छ ।

हरेक बर्ष मुख्यमन्त्री ग्रामिण सडकलाई यस बर्ष आर्थिक रुपमा केही रकम नपरेको अर्थमन्त्रालयमा इलामको माननीय हुँदा पनि उपेक्षामा परेको छ । त्यस बारेमा यस क्षेत्रको प्रदेश सांसदसंग निरन्तर सम्पर्कमा छौ । जोगमाई खोलामा पुल निर्माण गर्न सके मात्र ठुलो टेवा पुग्ने थियो भन्ने प्रयत्न छ । पुल रातोकिताबमा आएको छ बजेट पर्याप्त छैन् । हिउँदे अधिवेशनमा बजेटको जोहो गर्न सक्यौ भने काम गर्न सकिन्छ भन्ने अपेक्षा राखेका छौ ।

सूर्योदय रिङरोडको २ क्षेत्रलाई पूर्णता दिनेसंगै अलवदेर सम्पन्न गर्ने गरि २ किलोमिटर गरेका छौ हाम्रो कार्यकालमा कम्तीमा ३ किलोमिटर कालोपत्रे गरेर सफलतापुर्वक दिन सक्यौ भने उपलब्धीको रुपमा रहनेछ । व्युटिफिकेसनमा स्वामि पार्कको क्षेत्र उपलब्धीको रुपमा पर्यटकको चाप छ । सिमपानीमा आर्थिक आयआर्जनको बिषयबस्तु मुल्याकन गर्न सक्छौ ।

चोकको टि मोनोमेन्टमा विगतमा घुम्तीमा झुन्डीएको छुर्पीमा फोटो खिच्ने चलन थियो । त्यसमा फिक्कल जाँदा टि मोनोमेन्टमा फोटो खिच्नुपर्छ भन्ने कन्सेप्ट बनाइरहेका छौ । मेची राजमार्गमा बर्खा लागेपछि खाल्डाखुल्डी हुने समस्या छ । त्यसको निवारणको कार्य गरिसकेका छौ । केही समयमा ठेक्का खुल्दैछ । वडा नं १० लाई सुव्यवस्थित गर्ने भन्ने कार्य अघि बढिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार