फिक्कल । इलामको सूर्योदय नगरपालिका–३ पशुपतिनगर बौद्धधाममा एक व्यक्ति मृत फेला परेका छन् । विगत ७ दिनबाट हराइरहेका पाँचथरकाे फाल्गुनन्द गाउँपालिका घर भइ हाल सूर्योदय नगरपालिका–३ मा बसोबास गर्दै आएका ३३ बर्षिय एगेस नेम्वाङ रहेका छन् ।
मृतक दाई जित बहादुर नेम्वाङकोमा बस्दै आएका थिए । मृतक नेम्वाङको फिक्कल अस्पतालमा पोष्टमार्टम गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।