Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

चार प्रदेशमा आज मध्यम वर्षाको सम्भावना

चार प्रदेशमा आज मध्यम वर्षाको सम्भावना

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ४ २०८२


चार प्रदेशमा आज मध्यम वर्षाको सम्भावना

इलाम ।  हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित छ। आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भूभागमा साधारणतया बदली रही बाँकी तराई भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा देशको बाँकी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ

प्रतिक्रिया
सम्बन्धित समाचार