Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामका डिएसपी मानबहादुरको स्थानमा लक्ष्मी आउने

इलामका डिएसपी मानबहादुरको स्थानमा लक्ष्मी आउने

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज २ २०८२


इलामका डिएसपी मानबहादुरको स्थानमा लक्ष्मी आउने
  • नेपाल प्रहरीका ९० नायव उपरीक्षकहरुको सरुवा भएको छ र प्रहरी प्रधान कार्यालयले बुधबार राति सूचना जारी गरेको छ।
  • काठमाडौंका प्रहरी वृत्तहरुमा मोहनमणि अधिकारी, प्रकाश श्रीमल, धनबहादुर बोहरालगायतलाई नयाँ जिम्मेवारी दिइएको छ।
  • जेनजी युवा आन्दोलनपछि नेपाल प्रहरीका ४८ एसपीहरुको पनि सरुवा गरिएको छ।

इलाम । इलामका सहित नेपाल प्रहरीका ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार राति एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालय इलामका सहित ९० डीएसपीहरुको सरुवा गरेको हो ।

इलामका डिएसपी मान बहादुर राई मधेश प्रदेश प्रहरी गण धनुषा जनकपुर सरुवा भएका छन् । उनको स्थानमा इलाका प्रहरी कार्यालय इटहरीबाट लक्ष्मी भण्डारी आउने भएका छन् । राई एक बर्ष अघि इलाका प्रहरी कार्यालय धरानबाट इलाम आएका थिए ।

सो क्रममा काठमाडौंका केही वृत्त प्रमुखहरुको पनि सरुवा गरिएको छ । प्रहरी वृत्त स्वम्भूमा मोहनमणि अधिकारीलाई पठाइएको छ । प्रहरी वृत्त गौशालामा प्रकाश श्रीमललाई पठाइएको छ ।

प्रहरी वृत्त मालिगाउँमा धनबहादुर बोहरालाई पठाइएको छ । प्रहरी वृत्त दरबारमार्गमा नारायण डाँगीलाई पठाइएको छ । वृत्त बौद्धमा सन्तोष रोकालाई पठाइएको छ । वृत्त सिंहदरबारमा जनार्दन घिमिरेलाई खटाइएको छ ।

प्रहरी वृत्त जगातीमा चञ्चला श्रेष्ठलाई पठाइएको छ । जेनजी युवा आन्दोलनपछि नेपाल प्रहरीका ४८ एसपीहरुको पनि सरुवा भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार