Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

बिर्तामोड, दमक र भद्रपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी

बिर्तामोड, दमक र भद्रपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज १ २०८२


बिर्तामोड, दमक र भद्रपुरका केही क्षेत्रमा निषेधाज्ञा जारी

झापा । जिल्ला प्रशासन कार्यालय झापाले सार्वजनिक सुरक्षासम्बन्धी चुनौती बढेको भन्दै बिर्तामोड र दमक नगरपालिकाको क्षेत्रभर तथा भद्रपुर नगरपालिकाको केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रशासनले असोज १ गते बेलुकी ८ बजेदेखि असोज ०२ गते बिहान ४ बजेसम्म लागू हुने गरी आदेश जारी गरेको हो।

यस अवधिभर पाँच जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शन वा अन्य भीडभाडजन्य गतिविधि गर्न नपाइनेछ। निषेधाज्ञा भद्रपुर नगरपालिकामा पूर्वमा चन्द्रगढी विमानस्थलदेखि पश्चिममा लेखनाथ चौकसम्म, उत्तरमा धनुमाडीसम्म र दक्षिणमा राष्ट्रिय वाणिज्य बैंकको क्षेत्रसम्म लागू हुने जनाइएको छ।

जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षामा आंच आउने खालका गतिविधि रोक्न र सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षाका लागि यस्तो कदम उठाएको जनाएको छ। प्रमुख जिल्ला अधिकारीले आदेश उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनीसमेत दिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार