इलाम । इलाममा आगामी असोज ४ गते हुने रेड पाण्डा म्याराथन प्रतियोगिता स्थगित भएको छ । पाँचथरको फालेलुङस्थित दीप ज्योति युवा क्लबले आयोजना गर्ने भनिएका म्याराथन देशको वर्तमान अवस्थाका कारण स्थगित भएको हो ।
दिपज्योती क्ल्बले विज्ञप्त जारी गर्दै म्याराथन स्थगित गरिएको जनाएको छ । आयोजकले सार्वजनिक गरेको सूचना अनुसार यही असोज ४ गते (सेप्टेम्बर २०, २०२५) शनिबार इलाम नगरपालिका चोक बजारदेखि सन्दकपुर गाउँपालिका सन्दकपुरसम्म ४४.२ किलोमिटर दुरीमा हुने भनिएको म्याराथन अर्को सूचना प्रकाशित नभएसम्मका लागि रोकिएको हो।
क्लबका परियोजना संयोजक राम रिमालले प्रतियोगिता स्थगनका कारण खेलाडी, खेलप्रेमी र सरोकारवालालाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी भएको जनाएका छन्। रेड पाण्डा संरक्षण र पर्यटन प्रवद्र्धनलाई उद्देश्य बनाएर यो प्रतियोगिता आयोजना हुँदै आएको हो।
आयोजकले प्रतियोगिताको नयाँ मिति चाँडै सार्वजनिक गर्ने जनाएको छ । दोश्रो संस्करण प्रतियोगितामा ३ विधामा प्रतिस्पर्धा तय गरिएको थियो । पुरुष र महिला तर्फ खुल्ला तर्फ विजेताले १ लाख ५० हजार, दोश्रोले १ लाख, तेश्रो हुनेले ५० हजार र चौथोले ३० हजार पुरस्कार राखिएको थियो ।
विशेष रेडपाण्डा पाइने ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाबाट सहभागी हुने धावकहरूलाई स्थानीय विधामा विजेतालाई ६० हजार, दोश्रोलाई २५ हजार, तेश्रोलाई १० हजार र चौथोलाई ५ हजार राशी राखिएको थियो ।