Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा

रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २९ २०८२


रेशम चौधरीले छोडे नाउपा, नयाँ पार्टी घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी छोडेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफूले पार्टी छोडेको घोषणा गरेका हुन् । उनले नयाँ पार्टी घोषणा गरेका छन् ।

नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् । टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरुमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो । श्रेष्ठ र चौधरीको समूह फरक(फरक थियो । चौधरीले आफैंले स्थापना गरेको पार्टीमा अटाउन नसकेपछि छोडेको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार