इलाम । जेठ ३१ हुने स्थानीय तहको निर्वाचनका लागि इलामको माईजोगमाई गाउँपालिकका उमेद्धवार सार्वजनीक गरिएको छ । माओवादी केन्द्रले गाउँपालिकाको केन्द्र रहेको नयाँबजारमा आइतबार एक कार्यक्रम आयोजना गरि उमेद्धवारी सार्वजनीक गरेको हो ।
माओवादी केन्द्रले गाउँपालिकाको अध्यक्षको उमेद्धवारमा वडा नम्बर १ निवासी देवी भक्त सिवाकोटीलाई उमेद्धवार बनाएको छ । उनी नेकपा माओवादी केन्द्र इलामका जिल्ला कमिटी सदस्य हुन् ।
यसैगरि गाउँपालिकाको उपाध्यक्षमा इलामकी संक्रिय संचारकर्मी संगिता थामि रहेकी छन् । जोगमाई निवासी संगिता थामी सिमान्तकृत समुदायको नेतृत्वको विकासका लागि संचार क्षेत्रमा सक्रिय रहदै आएकी थिइन् । यस्तै माओवादी केन्द्रको तर्फबाट माइजोगमाई पालिकाको वडा नम्बर १ को अध्यक्षमा सालिकग्राम पौडेल, २ मा दुर्गा महत, ३ मा प्रेमकुमार तामाङ्ग, ४ मा गञ्जु प्रधान, ५ मा सन्तबहादूर राई र ६मा भिम थेवे उमेद्धवार चयन भएका छन् । माओवादी केन्द्रका जिल्ला सदस्य धुलेन्द्र पौडेलको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि तथा माओवादी केन्द्रका केन्द्रिय आयोजक समितिका सदस्य बिजय खम्बु र माओवादी केन्द्रका गाउँ पालिका संयोजक रिजन बान्तवाले प्रतिवद्धता सहित उमेद्धवार सार्वजनिक गरेका थिए ।
पर्यटन, सडक र विकास निर्माणलाई प्राथमिकता दिने माओवादी केन्द्रले सार्वजनीक गरेको प्रतिवद्धता पत्रमा उल्लेख छ ।