Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

सुशीलाले शपथ लिएर मन्त्रिपरिषद् बैठक बसेसँगै संसद् विघटनको सिफारिस हुने

सुशीलाले शपथ लिएर मन्त्रिपरिषद् बैठक बसेसँगै संसद् विघटनको सिफारिस हुने

  • सन्देश सम्बाददाता
  • शुक्रबार, भाद्र २७ २०८२


सुशीलाले शपथ लिएर मन्त्रिपरिषद् बैठक बसेसँगै संसद् विघटनको सिफारिस हुने

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ९ बजे शपथ लिने भएकी छन् । त्यसलगत्तै मन्त्रिपरिषद् बैठक बसेर उनले संसद विघटनको सिफारिस गर्ने तयारी गरेकी छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेको पुष्टि गर्दै आजै राति ९ बजे शपथ लिएलगत्तै मन्त्रिपरिषद् बैठक बस्ने बताए ।

उनले मन्त्री कति जना बन्ने भन्नेचाहिँ नाम आउन बाँकी रहेको बताए । तर, सबै प्रक्रिया ९ बजे पूरा भएर शपथ हुने र त्यसपछि संसद् विघटनको सिफारिस मन्त्रिपरिषद्ले गर्ने उनले बताए । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले संसद् विघटन गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार