Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामबाट फर्कदै गरेका श्रेष्ठको मोटरसाइकल दुर्घटनामा मृत्यु

इलामबाट फर्कदै गरेका श्रेष्ठको मोटरसाइकल दुर्घटनामा मृत्यु

  • सन्देश सम्बाददाता
  • बिहिबार, भाद्र २६ २०८२


इलामबाट फर्कदै गरेका श्रेष्ठको मोटरसाइकल दुर्घटनामा मृत्यु

इलाम । इलामबाट फर्कदै गरेका एक वृद्धको सवारी दुर्घटनामा मृत्यु भएको छ । मेची राजमार्ग अन्तर्गत बुधबार राति भएको सवारी दुर्घटनामा भद्रपुर नगरपालिका–६ भानुचोकका ५९ वर्षीय राम श्रेष्ठको मृत्यु भएको हो ।मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बुद्धशान्ति गाउँपालिका–७ सुनमाईस्थित मेची राजमार्गमा भएको दुर्घटनामा प्र-३-०२-००७ प ६०९० नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठको मृत्यु भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार